बीरगन्ज ११ का वडा चौरसिया र ठेकेदार चौहानको बदमासीले झाजी टोलवासीलाई सास्ती

बीरगन्ज महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अजय चौरसियाको बदमासीका कारण श्रीपुर बिद्यापती झाजी टोलका स्थानियहरु आर्जित बनेका छन् । झाजी टोलवासीका अनुसार वडा अध्यक्षकै लापरवाहीका कारण लामो सयमदेखि बाटो ढलान रोकिएको छ । बिना नक्सापास बाटो च्यापी निर्माण हुन लागे घरको कारण बाटो निर्माण रोकिएको बताइएपनि वडा अध्यक्ष चौरसियाले समाधानकाे पहल नगर्दा ढलान कार्य राेकिएकाे टोलवासीको आरोप छ । वडा अध्यक्षकै रोहवरोहमा म वडा अध्यक्षकाे मान्छे छु भन्दै बिना नक्साको रोड च्यापी निर्माण हुन लागेको घर रोक्न वडा अध्यक्षले पहल नगरेको स्थानिय टोलवासीको भनाई छ ।

झाजी टोलमा निर्माण हुने भनिएको अहिफ मियाको घरदेखि महेश महराको घर सम्मको ढलान बाटो बर्षायाम अगावै निर्माण हुनु पर्ने स्थानियहरुको माग छ । तर वडा अध्यक्ष चौरसियासँग ६ महिनामा बाटो किन ढलान नभएको सोध्दा ? उल्टै झर्किने गरेको स्थानियहरुको भनाई छ । स्थानियहरुका अनुसार ढलानको लागि बालुवा ढुङ्गा खसालेको ३ महिना बिती सक्दा पनि हाल सम्म बाटो ढलान हुन सकेको छैन् ।

ढलान गर्नु पर्ने भन्दै पुस देखि नै काम शुरु भएको भएपनि पछिल्लो समय स्थानिय जैनुल हवारीले बिना नक्सापास बाटो च्यापेर घर बनाउन थालेपछि समस्या झनै बल्झिएको हो । तर समस्या समाधानको लागि वडा अध्यक्ष चौरसियाले कुनै चासो नलिएको स्थानियहरुको भनाई छ । २५ जना सम्म घरधुरी रहेको सो टोलको बाटोमा बालुवा र ठूला ठूला ढुङ्ग खसालिएको कारण आउजाउ गर्न साह्रै सास्ती हुने गरेको स्थानियहरु बताउँछन् । हाल सम्म थुपै पटक सो बाटोमा मोटर साइलक दुर्घटना भइ समान्य रुपमा स्थानियहरु घाइते हुदै आएका छन् । तर समस्या समाधानको लागि कुनै ठोस पहल नभएको स्थानिय हरिप्रसाद यादवले बताए ।

स्थानिय हरिराज तेलीले वडा अध्यक्षलाई समस्या समाधानका लागि पहल गर्न भन्न खोज्दा थुर्पै पटक सम्पर्क नै नहुने गरेको तथा भइहाले पनि त्यही चासो नलिने गरेको वताए । स्थानिय राचन्द्र यादव समयमा बाटो ढलान नहुदाँ २१ भन्दा बढी घर धुरी सास्ती भोग्न बाध्य रहेको बताउँछन् ।

वडा नं. ११ को टोल सुधार समितिका अध्यक्ष सुयब अनवरले बाटो समयमै तोकिएको मापदण्ड अनुसार निर्माण हुुनु पर्ने बताए । उनले सयममै बाटो ढलान नहुनुमा सबै भन्दा बढी वडा अध्यक्ष र ठेकेदार संजय चौहानको बदमासी रहेको बताए । बाटो निर्माणको लागि ठोस पहल भए कुरा मिल्ने र यसमा टोल सुधार समितिको समेत सहयोग रहने अनवरको भनाई छ । तर यसको लागि सबै टोलवासीले आफ्नो स्वार्थ छोडी लाग्नु पर्ने उनले बताए ।

स्थानियहरुले समस्या समाधानको लागि बीरगन्ज महानगरपालिकामा निवेदन पनि दर्ता गराइ सकेका छन् । तर हाल सम्म घर निर्माण कार्य रोकिएको छैन् । घर निर्माण भइसकेपछि बाटो निर्माणमा झनै समस्या सृजना हुने भन्दै टोलवासीको भनाई छ ।

यता समस्या बारे प्रतिक्रिया लिन वडा अध्यक्षलाई चार पटक सम्म फोन गर्दा समेत फोन रिसिभ भएन् । यसलाई कतिपयले वडा अध्यक्षले घरधनीसँग पैसा खाएको हुन सक्ने भएको कारण नियम मिचेकैलाई समर्थन र सहयोग गरी रहेको अर्थयाए । टोलवासीले वडा अध्यक्षले विकासको काममा लुट मच्चाउन खाजेको आरोप लगाएका छन् । nepal post daily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close