वीरगंज महानगरका उप-प्रमुख आलम द्वारा वार्ड न २९ मुसैलीमा सार्वजनिक जग्गाको निरिक्षण

वीरगंज, पर्सा

वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले वीरगंज वार्ड नं २९ मुसैली मा सार्वजनिक जग्गाको निरिक्षण गर्नु भएको छ।

सार्वजनिक जग्गा निरिक्षण गरि उपयुक्त जग्गा छनौट गरि समसानघाट तथा अन्य योजनाको निर्माण गरिने उदेश्यले सार्वजनिक जग्गा निरिक्षण गर्न लागेको वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले बताउनु भयो।

उक्त सार्वजनिक जग्गा निरिक्षणको क्रममा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, वीरगंज महानगरपालिकाका उप-प्रमुख आलमका स्वकिय सचिव शेष हजरा,नेपाली कांग्रेस पर्साका जिल्ला सह-सचिव मदन राउत अहिर,पत्रकार राहुल गुप्ता लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close