नेपाल राष्ट्रबाद द्वारा पुर्ब राजा ज्ञानेन्द्रको ७७ औ जन्मोत्सवको अवसरमा राजा आउ दैश बचाउ भन्दै वीरगंजमा प्रदर्शन

पवन प्रसाद साह/वीरगंज

नेपाल रास्ट्रबाद सघं केनद्रिय कार्यलय वीरगंज पर्सा द्वारा पुर्ब श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवको ७७ औ जन्मोत्सवको अवसरमा वीरगंजमा र्याली सहित राजा आउ देश बचाउ भन्दै प्रदर्शन गरेको छ।

वीरगंज को घण्टाघर चोकबाट निसकेको र्याली बाजागाजा सहित घण्टाघर हुदै माइथान अलखियामठ हुदै घडिअरवापोखरी हुदै घण्टाघर मा आएर कोणसभामा परिणत भएकोथियो।

कोण सभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रबाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहले यो देश कुनै पार्टी नेता ले चलाउन सक्दैन त्यो मात्र राजाले चलाउन सक्नुहुन्छ भनि आफनो भनाइ राखनु भएका थिए भने कुनै पनि पार्टी संगठनले राजसंस्था र हिन्दु राष्ट्रको लागि गरिने कार्यक्रममा आ-आफ्नो सहभागिता जनाउनको लागि आग्रह समेत गरेका थिए।त्यसै क्रममा नेपाल राष्ट्रबाद संघ बारा जिल्ला अध्यक्ष अच्छेलाल साह ले यो देश मा नेतातन्त्र भएको ले जन्तालाइ सास्ती भएको ले राजसंस्था को आवश्यकता रहेको बताएका थिए। त्यसै क्रममा नेपाल राष्ट्रबाद संघ का जिल्ला सचिव संतोष गुप्ता ले राजसंस्था र हिन्दु राष्ट्र को आवस्यकता रहेको वताएका छन्।

त्यसै क्रममा विश्व हिन्दु महासंघ का अध्यक्ष पृथ्वी झाले यो देशमा राजतन्त्रको आवश्यकता रहेको बताएका छन।

उक्त र्याली तथा प्रदर्शन कार्यक्रममा बिसनु दास, बिरेन्द्र साह तेली,बजरंगी साह,शिवसंकर साह,नरेस चौहान चुलाइ मिया लगायतका ब्यत्किहरुको सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close