डेंगु लगायत लामखुट्टे रोकथाम गर्नका लागी स्वास्थ्य स्वयंमसेविका द्वारा घण्टाघर चोकमा जनचेतना मुलक कार्यक्रम

वीरगंज, पर्सा

डेंगु लगायत लामखुट्टे रोकथाम गर्नका लागी स्वास्थ्य स्वयंमसेविका द्वारा वीरगंज महानगरपालिका स्थित घण्टाघर चोकमा जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ ।
स्वास्थ कार्यलय वीरगंज पर्साको आयोजनामा डेंगु तथा लामखुट्टे रोकथाम सम्बन्धि वीरगंज महानगरपालिका स्थित घण्टाघर चोकमा जनचेतना मुलक कार्यक्रमको आयोजना स्वास्थ्य शाखा का अधिकृत जयमोद ठाकुर ले जानकारी दिए।

गर्मी महिना सुरु भएसँगै विभिन्न किटजन्य रोग महामारीको रूपमा देखापर्ने गर्छन् । गत वर्ष महामारीका रूपमा फैलिएको डेङ्गुको प्रकोप पुन बढ्न थालिसकेको छ।

नेपालमा डेंगु,मलरिया, कालजार बेलाबेलामा महामारीका रूपमा देखा पर्ने गरेको छ ।यो मौसममा विशेष गरी, किटजन्य रोगहरू जस्तै औँलो,डेंगु,चिकन गुनिया, कालाजार,स्क्रब टाइफस,हात्तीपाइले रोग, जापनिज इन्सेफलाइटिस जस्ता सरुवा रोग लाग्ने गरेको छ।

कालाजार भुसुनाले टोकेर लाग्छ र स्क्रब टाइफस किराले टोकेर लाग्ने गर्छ । त्यसैगरी, औँलो, डेंगु, जापनिज इन्सेफलाइटिस विभिन्न जातका लामखुट्टेको टोकाइले लाग्ने गरेको छ ।

किटजन्य रोग बनाउने प्रजिवी, जीवाणुहरू फरक फरक हुन्छन् । त्यो हिसाबले जीवाणु अनुसार किटजन्य रोगका लक्षणहरू पनि फरक फरक रहेको हुन्छ। सरुवा रोगमा देखिने रोगका लक्षणहरूमा ज्वरो आउने, टाउको/शरीर दुख्ने, पसिना आउने,आँखा रातो हुने, झाडापखाला लाग्ने गर्दछन् ।

नेपालमा औलो र डेङगु बेलाबेलामा महामारीको रूपमा देखापर्ने गर्दछ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कअनुसार किटजन्य रोग प्राय सबै जिल्लामा देखा परिसकेको छ ।

पछिल्लो समय वातावरणीय प्रभाव,जनसङ्ख्याको चलामानको कारणले गर्दा गर्मी ठाउँमा मात्र नभएर पहाडी तथा हिमाली जिल्लाहरूबाट पनि किट जन्य रोग पत्ता लाग्न थालेको रिपोर्टिङ धेरै भएका छन् । कार्यक्रम मा जन स्वस्थ्य का डा. अमोद ठाकुरले डेंगीका मूख्य लक्षणहरू,उच्च ज्वरो आउन,जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु ,आँखाको गेडी दुख्नु, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु जस्ता लक्षणहरु बताए ।

त्यस्तै डेंगीबाट बच्ने उपायहरू एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ,आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने,घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने,बिहान,दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने,पूरै शरिर ढाक्ने लुगा लगाउने आदि उपयहरु बताउदै प्रचा पम्पलेट बितरण गरेका थिए।

उक्त जनचेतना मुलक कार्यक्रममा जनस्वास्थ अधिकृत जयमाेद ठाकुर,मोहनलाल साह,संचारकर्मी राहुल गुप्ता लगायत वीरगंज महानगरपालिकाका वडा नं १ देखि १६ नं वडाका महिला स्वास्थ्य स्वयंमसेविकाहरु को सहभागीता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close