वीरगन्जका सुन तस्कर आरडि लाई गृहमन्त्रीको अभयदान

करिब दुई दशक अगाडि वीरगञ्जका घडी पसलहरूमा स्कुटर चढी `मोमेन्ट´ बोकेर बेच्दै हिँडेका राजकुमार दारुका उर्फ आर.डि अन्तर्राष्ट्रिय सुन तस्करीको जालो सँग जोडिएको र हङकङमा कार्यालय खोलेर चिनियाँ तस्करहरुसँग साझेदारीमा तस्करी गर्ने एक पात्रकाे रुपमा काठमाडौंमा बसी कामलाई अन्जाम दिंदै आएको पोल खुलेको छ।

३३ किलो सुन प्रकरणमा समेत जेलयात्रा गरिसकेका राजकुमार तत्कालीन न्यायाधीशहरुलाई नजराना चढाएर जेलमुक्त भएपछि न्यायाधीशहरु कार्वाहीमा परेका थिए।

राजकुमार दारुका आफ्नो नाता पर्ने भदहा अमित अग्रवाल उर्फ शेरुलाई अगाडि सारेर तस्करी गर्दै आएको श्रोतले दावी गरेको छ। शेरू देखावटी रुपमा काठमाडौंमा पसल थापेर बसेका छन। पटक पटक सुन तस्करीमा पक्राउ पर्दै छुट्दै आएका दारूका फेमिलीको सरकारी रेकर्डमा थुप्रै प्रमाण हरु रहेको भएता पनि अहिले सय किलो सुन तस्करीमा प्रकरणमा सि.आई.बी ले उनी माथि हात हाल्न डराएको बताइन्छ।

बहालवाला गृहमंत्री नारायणकाजी श्रेष्ठको नाता पर्ने भु. पु. प्रहरी अधिकारी सँग दारुका परिवारकाे राम्रो हिम चिम रहेको कारणले गर्दा प्रहरी हात हाल्न डराएको बुझिएको छ।

काठमाडौंका किशन अग्रवाल, मोहन अग्रवाल, महावीरप्रसाद गोल्यान, विमल पोद्दार, सञ्जय खेतान, मुरारीलाल गोयल, बालकृष्ण अग्रवाल, सत्यनारायण सोनी, विनोदकुमार सोनी, सुमन अग्रवाल, राजेन्द्र शाक्य, पवन धरानीया, नरेन्द्र गुप्ता, कृष्णकुमार अग्रवाल, जीवन अग्रवाललगायतका व्यापारिहरू शंकाको घेराभित्र परेका छन् । सभार:- अंकुश

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close