बालिका अपहरणकारीले गराए जाहेरवाला पीडितको घरमा चोरी ,डकैती लुटपाट

रौतहट/१ असोज

जिल्लाको माधवनारायण नगरपालिका–५ बस्ने अवधेशकुमार महतोकी १० वर्षीया छोरी खुश्बुकुमारी महतो गत भदौ १४ गते साँझ घर छेउबाटै हराएपछि घरपरिवारले खोजतलास गर्दै जाँदा छिमेकीले अपहरण गरेको खुल्न आएपछि शुक्रवार साँझ इलाका प्रहरी कार्यालय गरुडाले अनुसन्धान जारी गरेको छ ।

गाउँलेद्वारा नै बालिका अपहरण गरिएको थाहा भएपछि तिनीहरूमाथि दबाव दिएपछि शनिवार बिहान ५ बजेको समयमा बोरामा बाँधिएको अवस्थामा खुश्बु फेला परेको निजका बुवा अवधेशकुमार महतोले बताए ।

छोरीलाई छिमेकी रञ्जित साह र नरेश साहले अपहरण गरेर बेच्न भारत पुर्‍याएका थिए। दुईजनाले अपहरण गरेर लगेको कुरा खुलेपछि उनीहरूका परिवारमाथि दबाव दिएपछि भोलिपल्टै गाउँछेउमा ल्याएर छाडेका थिए। ईलाका प्रहरी कार्यालय गरुडा रौतहटले मुद्दा दर्ता गरि ७ दिन म्याद थप्प गरि अनुसन्धान अगाडि बढाएको ईलाकाले जनाएको छ ।

प्रहरीलाई नाम सहित भने पनि उनीहरूलाई समात्न ढिलासुस्ती गरेपछि आक्रोशित गाउँलेले गौर चन्द्रपुर सडक खण्डमा शनिवार बिहानै दुई घण्टा चक्का जाम गर्दा प्रहरीले दुबै आरोपीलाई नियन्त्रणमा लिएपछि मात्रै बाटो जाम खुलेको थियो। छोरीलाई नसाको सुई दिएर यहाँबाट लगेको पीडितका बुवा महतोले बताए।

दुबै आरोपीविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाही गर्न जाहेरी आधारमा इलाका प्रहरी कार्यालय गरुडाले दर्ता गरि कार्वाही अगाडि बढाएको छ ।

पीडित जाहेरवाला अवधेश महतोको मिठुअवा -५ घरमा यहि भदौ २३ गते राती १२ :बजे करिब पीडित घरमा थुना भित्र रहेकोे व्यक्तिको आफ्नो मान्छे मार्फत चोरी गरि साईकल गरगहना पैसा लुटपाट गरेको थियो पीडितले बताए।

२०८०/०५/ ३१ गते करिब राती १:३० बजे ५ जनाको डकैती गर्ने समूह गैई घरमा भएको सम्पूर्ण सम्मान तोडफोड गरि लुटपाट गरेको पीडितले बताए ।

चोरी भएको दिन गरुडा प्रहरीले त्यहाँ मोबाइल लोकेसन पताएर अपराधीलाई कार्वाही गर्न असुवासन दिए पनि कुनै कार्वाही गरेको देखिएन र दोस्रोपल्ट निजको पीडितको घरमा डकैती नै भयो ५ लाख बराबरको सुन चादी पैसा नगद लगेको पीडितले बताएका छन । घटना स्थलमा ईलाका प्रहरी गरुडाको प्रहरी र सुक्दैव चौकीले प्रहरी संयुक्त टोलि पुगेको थियो ।

१० वर्षिय बालिका अपहरणकारीले आफ्नो मान्छे लगाई जाहेरवाला पीडितलाई ज्यान मार्ने धम्की समेत दिई घर भित्र प्रवेश गरि हतियारधारी समुहले लुटपाट गरेको पीडितले बताएका छन । यस यस्ता घटनाकाको दोषीलाई कार्वाही गर्ने स्थानीयले माग गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close