बारामा प्रहरीले ५०० देखि १००० घुस माग्ने गरेको बाराका ट्याक्टर व्यवसायीको आरोप

बाराका सिंगौलका ट्याक्टर व्यवसायीहरुले अस्थायी प्रहरी चौकी सिंगौलका प्रहरीहरुले आफुहरुसँग ५ सय देखि १ हजार सम्म घुस माग्ने गरेको आरोप लगाएका छन् ।घरायसी प्रयोगको लागि खोलाबाट बालुवा निकाल्न पाउनुपर्ने माग गर्दै निजगढ नगरपालिका कार्यालय घेराउ गर्नका पुगेका ट्याक्टर व्यवसायीहरुले यस्तो आरोप लगाएका हुन् ।

सिंगौलबाट एक दर्जनको संख्यामा खाली ट्याक्टर सहित नगरपालिकाको कार्यालयमा पुगेका ट्याक्टर व्यवसायीहरुले धन्सार खोलाबाट बालुवा निकाल्ने क्रममा आफूहरुलाई प्रहरीले रकम मागेर दुख दिने गरेको गुनासो मेयर सुरथ पुरी समक्ष सुनाए ।

निजगढको क्रसर उद्योगबाट खरिद गरेर लगेको गिट्टी बालुवामा पनि सिंगौलका प्रहरीले पैसा मागेर दुख दिने गरेको उनिहरुले बताए । ट्याक्टर व्यवसायीहरुले बरु नगरपालिकालाई कर बुझाउन तयार रहेको तर प्रहरीलाई घुसको रकम दिन नचाहेकाले यस्तो कदम चाल्नु परेको बताए ।

मेयर पुरीले भने नदिजन्य वस्तु उत्खननको आईई रिपोर्ट तयार हुदै गरेको र केहि दिनमै खोला ठेक्का लागेपछि यो समस्या हल हुने बताए ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले भने प्रहरीले कसैसंग पनि रकम नमागेको र खोलाबाट अवैध रुपमा बालुवा ढुङ्गा निकाल्न नपाएपछि व्यवसायीहरुले प्रहरीमाथि झुटा आरोप लगाएको बताए ।

चालु आर्थिक वर्षको लागि नगरपालिका कार्यालयबाट नदीजन्य पदार्थको उत्खनन र बिक्रीको ठेक्का लागि नसकेकोले प्रहरीले खोलामा गिटी, बालुवा र ढुङ्गा उत्खननमा रोक लगाउदै आएको उनले बताए । #MadhesKhabar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close