
वीरगंज । भारतको रक्सौल डंकन अस्पताल नजिक अन्नपूर्णा मार्ट सञ्चालन गर्दै आएका शंकर अग्रवाल यतिखेर चकलेटको तस्करी धन्दा “दिन दुगुना रात चौगुना” गर्ने गरेका छन् ।
चकलेट तस्करको नामले चर्चा पाएका अग्रवाल केही वर्ष वीरगंज भन्सारबाटै सेटिङ्ग गरेर मासिक करिब २५÷३० कन्टेनर नेपाल भित्रियाउने गर्ने गरेका थिए । उनी भन्सारकै सेटिङ्गमा नेपाल सरकारको राजस्व छल्दै नेपाल भित्रियाउंदा राजस्व विभागले कैयौं पटक उनको चकलेट समाती पटक–पटक जरिवाना पनि गरिसकेको स्रोतको भनाई रहेको छ ।
उनको अधिनमा रहेको गजानन्द सप्लायर्स लगायतका फर्महरुलाई जरिवाना भईसकेको बताईन्छ । शंकर अग्रवाल नेपाली नागरिक नभए तापनि उनी आफ्ना भाई रमेश अग्रवालको श्रीमति मिनु कुमारी गोयलको नाममा अन्नपूर्णा मार्केटिङ्ग लगायतका फर्महरु दर्ता गराई आफु आधिकारिक व्यक्ति नभए पनि मिनुको नाममा आफै सही गर्दै करोडौं करोड राजस्व छल्ने गरेको बताईन्छ ।
नेपाली छोरीको भारतमा विवाह भईसकेपछि नेपाली नागरिकता रद्द हुने प्रावधान रहेपनि मिनुले नेपाल र भारत दुबै देशको नागरिक रहेको स्पष्ट छ । उनको श्रीमान रमेश अग्रवाल भारतीय नै रहेका छन् । रमेश अग्रवाल म भारतीय हुं, नेपालमा व्यवसाय गर्न चाहेको भन्दै नियमानुसार आन्तरिक राजस्व कार्यालय बतिसपुतली काठमाडौंमा अन्नपूर्णा बजार नामक फर्म दर्ता गराएका छन् ।
सो फर्मको पनि आधिकारिक व्यक्ति बनी रमेशको नाउमा नक्कली सही गर्दै शंकरले करिब ५ करोड राजस्व हिनामिना गरेका छन् । अन्नपूर्णा बजारको नाममा खरिद न्युनतम देखाई विक्री बढी देखाईएको श्रोतले जनाएको छ । अन्नपूर्णा बजारको नियमानुसार मास्केवारी र करहरु करिब दुई वर्ष देखि शंकरले बाकी राख्दै भाई रमेशलाई नेपाल छिर्न दिएका छैनन् ।
भाई रमेशले पनि शंकरको सहमतिमा नै बस्ने गर्ने गरेका छन् । नामुद चकलेट तस्कर शंकरले वीरगंज र यस आसपासका कैयौं व्यक्तिहरुको नाममा फर्म दर्ता गराई कर नतिरेको, लेखा परीक्षण नगराई दर्जनौ नेपालीहरुलाई घर न घाटको बनाई बिल्लीबाठ बनाएको बताईन्छ ।
वीरगंजको माईस्थान नजिक मिनुको नाममा घर र बाईपासमा करोडौं करोडको जग्गा रहे पनि शंकरले सो जग्गाहरु माथि अन्नपूर्णा मार्केटिङ्गको नाममा सो जग्गाको मुल्यहरु भन्दा बढी नै बैंकबाट ऋण निकाली सकेको स्रोतको कथन रहेको छ ।
चकलेट तस्कर शंकरले हाल भन्सारबाट काम नगरी चोर बाटोबाट लखौं लाखको चकलेट भित्रियाउदै राज नारायण ईन्टरप्राईजेज र अन्नपूर्णा बजारको नामबाट बिल काटी सप्लाई गर्ने गरेको बताईन्छ । राज नारायण ईन्टरप्राईजेजको प्रोपराईटर नेपाली नागरिक रामाशंकर चौरसिया रहेका छन् । चौरसियाले शंकरको कार्यालयमा सहायक लेखापालको काम गर्दै उनको राजस्व चुहावटमा भरपुर सहयोग गर्दै आईरहेको बताईन्छ ।
शंकरको राजस्व चुहावटमा भारतीय निवासी सुरेश शर्मा र नेपाली नागरिक रामाशंकर चौरसिया सघाउदै आएको बताईन्छ । सुरेश शर्मा आफुलाई प्रहरी प्रशासन नजिकको मान्छे भएको धाक देखाउदै उधारो लिएका व्यपारीहरु संग झगडा गर्ने गरेको बताईन्छ ।
शर्माको हार्ड रक्सी खाने बानी नभए तापनि उनी दर्जनौ बियरको बोतललाई खाली गर्दै आनन्द मुडमा प्रहरी सरहरी केही पनि हैन, सबैलाई मोटो रकम मै नै दिन्छु, हाम्रो चकलेटको माल समात्ने कसैको तागद हुंदैन भनि भन्ने गरेको उनका आसेपासेहरु बताउंदछन् । यति मात्र कहां हो र ? हाल नयां आएका सशस्त्र प्रहरी भन्सारका डिएसपी देवेन्द्र सिंह आफ्नो पुरानो पार्टनर रहेको शर्माले रक्सौल र वीरगंजको चियापसलहरुमा ढवांस दिने गरेको बताईन्छ ।
शर्माले आन्तरिक राजस्व कार्यालय पर्साका कार्यालय प्रमुख ढाकाराम तिवारी र राजस्व अनुसन्धान कार्यालय पथलैयाका सूचना अधिकारी नारायण खत्री संग आफ्नो राम्रो उठवस रहेको बताउने गरेको स्रोतको कथन रहेको छ ।
नामुद राजस्व चोर शंकर अग्रवालले नेपाल सरकारको करोडौं करोड राजस्व छल्दा र नेपाली व्यक्तिहरुको नाममा फर्म खोली बिल्लीबाठ बनाउदां पनि हालसम्म नियमनकारी निकायले शंकर अग्रवाल, रमेश अग्रवाल, मिनु कुमारी गोयल र उनीहरुका दुत सुरेश शर्मा र रामाशंकर चौरसियालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि नबढउदां लेखापरीक्षण नगराई र आन्तरिक राजस्व कार्यालयमा राजस्व नतिरेका पिडित फर्मका प्रोपराईटरहरु घर न घाटका भई टाउकोमा हात राखी मानसिक तनावमा बांच्न बाध्य भएका छन् । #पर्दाफाससंवाददाता




