नूतन कृतिको “कैदी बनाउ मलाई “को भीडियो गीत सार्वजनिक

काठमाण्डौ। गीतकार नूतन भुसालको गीती एल्बम नूतन कृतिमा रहेको “कैदी बनाउ मलाई” बोलको गीत भीडियोसहित सार्वजनिक भएको छ।

संगीतकार सुनिल मास्केको एकल संगीत र गीतकार नुतन भुसालको एकल शब्दमा रहेको एल्बममा बिभिन्न गायक गायिका हरुले आफ्नो आवाज दिनु भएको छ ।

कैदी बनाउ बोलको गीतमा गायक विश्व नेपालीको स्वर रहेको छ भने रिकेश गुरुङको संगीत संयोजक रहेको गीतकार भुसालले बताउनु भयो ।

राज लिम्बुको निर्देशनमा बनेको सो गीतमा प्रकाश श्रेष्ठ एवं विष्णु कट्टेल पराजुलीले अभिनय गर्नु भएको छ ।
ईजरायलको सेरोफेरोमालाई सन्तोषले बडो कलात्मक ढंगले छायाङ्कन गरी गीतको भिडियोलाई आकर्षक बनाइदिएका छन्।

गीतकार भुसालले गीतको लेखनदेखि छायाँकन हुँदै अन्तिम रुप दिन सबैले सहयोग र मिहिनेत गरेकै कारण दर्शकहरु सामु पुगेकाले दर्शक स्रोताले पनि सो गीतलाई सुनिदिन आग्रह गर्नुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close