
वीरगंज, पर्सा
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको आयोजनामा नियमित खोप सेवा मार्फत सरसफाइ प्रवद्र्धन कार्यक्रमको औचित्य र संचालन प्रकृया बारे अन्तरक्रिया तथा कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय पर्सामा सम्पन्न भएको छ।
२०८० साल कात्तिक १७ र २८ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम ६ महिना देखि ५९ महिनासम्मका बालबालिकाका लाइ भिटामिन ए क्याप्सुल खुवाउने र १२ महिना देखि ५९ महिनाका बालबालिका लाइ जुकाको औषधी खुवाउने कार्यक्रम देशभरिनै संचालन हुदैछ। उक्त अवसरमा २ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकाहरु मध्ये दादुरा रुबेला खोप नलगाइएको बालबालिकालाइ पहिचान गरि सोको अभिलेख संकलन गर्ने सहयोग गरिदिनु हुन नेपाल सरकार ले अनुरोध गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा.मुक्ति नारायण साहले यस कार्यक्रमको मूल उद्देश्य नै खोप कार्यक्रम मार्फत आमा र शिशुको व्यवहारमा परिर्वतन ल्याउने बताउँदै आमालाई साबुन पानीले हात धुन सिकाउदा मात्र पनि त्यसले उनीहरुको स्वास्थ्यमा निकै फाइदा पुग्ने बताए ।
उक्त नियमित खोप सेवा मार्फत सरसफाइ प्रवद्र्धन कार्यक्रमको औचित्य र संचालन प्रकृया बारे अन्तरक्रिया कार्यक्रममा वीरगंज महानगरपालिकाको ३६ वटा संस्था मध्येको सरकारी तथा निजि स्वास्थ्य संस्थाका २६ जना स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो। ति स्वास्थ्यकर्मीहरु लाइ नियमित खोप सेवा मार्फत सरसफाइ प्रवद्र्धन कार्यक्रमको लागि चाहिने किट वितरण गरिएको थियो।
उक्त कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा.मुक्ति नारायण साहको प्रमुख अतिथिमा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुर, स्वास्थ्य कार्यालय पर्साका फोकल पर्सन, वीरगंज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल यादवको उपस्थिति रहेको थियो।….




