बिरगंज स्थित परवानिपुरमा रहेको जिडी फर्मासिस्टले आफ्नो मजदुर तथा कर्मचारीलाई तीन चार महिनाको तलब नदिएको कर्मचारी

राहुल गुप्ता

बिरगंज स्थित परवानिपुरमा रहेको जिडी फर्मासिस्टले आफ्नो मजदुर तथा कर्मचारीलाई तीन चार महिनाको तलब नदिएको कर्मचारीहरुले बताएका छन । आज बिरगंज स्थित आदर्शनगरमा रहेको उक्त फर्मासिस्टका मालिक घनश्याम चाचानको घर अगाडि धर्नामा बसेका मजदुरहरु ले आफ्नो दुखोस पोखेका छन।

दुई महिना पहिला पनि मजदुर तथा कर्मचारीहरु ले आन्दोलन गर्दा श्रम कार्यलयको सहयोगमा वर्ता बसि तलब सुबिधा उपलब्ध गराउने वाचा गरेका उक्त फर्मासिस्टका मालिकले धोका दिएको तथा हिन्दूहरुको महान चार्ड दिवाली र छठ पर्वको बेलामा पनि हामीलाई तलब नदिएर अन्नयाय गरेको बताएका छन ।

उक्त कम्पनीका कर्मचारी लगायत मजदुरले तलब नपाउँदा पनि सरकारी निकाएले कुनै कदम चाली रहेको छैन। यस्ता कम्पनीहरुले खुले आम गरिबको पैसा खाएर बसिरहेका छन । रोजगारीको नाममा शोषण गर्न तथा समयमा पैसा नदिनेले गर्दा पनि बिदेश जानेको संख्या दिन प्रती दिन बढै गएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close