निशुल्क मधुमेह,रक्तचाप तथा आँखा शिबिरमा एक सय पचास बढीले सेवा लिए

राहुल गुप्ता
बिरगंज स्थित घडिअर्वा पोखरीमा आज लायन्स क्लब अफ बिरगंज क्युरेटिभ तथा किरण आँखा अस्पताल प्रा.लि द्वारा निशुल्क स्वास्थ शिबिरको आयोजना गरेको छ। उक्त शिबिरमा मधुमेह,रक्तचाप तथा आँखा सम्बन्धि रोगको उपचार गरिएको थियो ।

नागरिकहरुमा मधुमेह,रक्तचाप तथा आखा सम्बन्धि रोगको समस्या बढी देखिएको अवस्थालाई मध्यनजर गर्दै नागरिकहरुका लागी निशुल्क शिबिर आयोजना गरिएको क्लबका संरक्षक डा.राम अवतार खेतानले बताए ।

त्यस्तै नारायणी क्षेत्रीय अस्पतालका वरिष्ठ डा.निरज सिंहले घरबाट टाढा जाँच गराउनु पर्ने तथा महंगो शुल्क तिर्न नसकेर बसेका ज्येष्ठ नागरिकहरुका लागी निशुल्क शिबिरको आयोजनाले धेरै सहयोग पुग्ने बताए । सेवामुखी भावनाले नै लायन्स क्लबले काम गर्दै आएको तथा यस्ता निशुल्क शिबिरहरुलाई क्लबको माध्यमले निरन्तरता दिने जानकारी दिए।

निशुल्क शिबिर आयोजना गरेसंगै जाच गराउन आएका नागरिकहरु खुशी भएका छन् । महंगो शुल्क तिर्न नसकेर मधुमेहको चेक जाँच नै गर्न नपाएका नागरिकहरुले निशुल्क जाँच गर्न पाउँदा खुशी लागेको बताए। यस्ता कार्यक्रमले निरन्तरता पाए कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहुने चेक जाच गराउन आएका नन्दु साह कानुले बताए ।

आज भएको निशुल्क स्वास्थ शिबिरमा डा.सुमन प्रसाद , डा अभिषेक अर्याल ,डा राधा भट्टराई,डा इजहारले बिरामीहरुको चेकजाँच गरेका थिए । त्यस्तै लाब टेक्निसियन रबि श्रीवास्तब,बृजेश कुमार,श्याम प्र.साहले सहयोग गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close