पोखरियामा नगरपालिकामा रहेका सहकारीहरुको लापरवाही तथा कृषि शाखाको कर्मचारीको बदमासीले पोखरियाका किसानले पाएनन् अहिले सम्म मल

शैलेश गुप्ता
पर्सा
पर्साको पोखरिया नगरपालिकामा मल खरीद बिक्री गर्ने १३ वटा सहकारी संस्थाहरु रहेका छन । यी सबै १३ वटा सहकारी संस्थाहरु ले विगतको दिनमा पोखरिया नगरपालिकाको वडा नम्बर १ देखी १० सम्म रहेका किसानहरुलाई मल बिक्रीगरी गर्दै आइरहेका छन । मल बिक्री वितरणमा अनाधिकृत मूल्य अभी वृद्धि गरी कालोबजारी भईरहेको जनगुनासो स्थानिय किसानहरुले पोखरिया नगरपालिकाको कार्यालय पुगेर गर्न थाले पछि पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहान को निर्देशनमा पोखरिया नगरपालिका अन्तर्गत रहेको न्याय समितिको बैठकले नगरपालिका भित्र मल बिक्री वितरणको गर्नकोलागी एक सुचना मार्फत डि ए पी प्रति बोरा रु २४००. र यूरिया प्रति बोरा रु ८०० मूल्य निर्धारण गरेका थियो ।

तर यी सबै संस्थाहरुले सर्वसाधारण किसानहरुको अँखामा धूल हाली मल अभाव को बहाना बनाई कृत्रिम मूल्य सृजना गरी बिक्री वितरणमा यी सबै १३ वटै सहकारी संस्था तथा बीज भण्डारले किसानहरु संग अग्रिम पैसा लिएर मल दिन गरेका थिए । बीज भण्डार र सहकारीहरूलें किसानहरु संग १ बर्ष अगाड़ी नै पैसा लिई हाल सम्म मल नदीएको स्थानीय किसानहरूले गुनासो गर्दै बताएका छन ।

यस बर्ष किसानहरुले मंसिर मसान्तको दोस्रो हफ्ता सुरु हुन लाग्दा पनि यी बीज भण्डार र सहकारी संस्थाहरुलाई अग्रिम पैसा दिन नमाने पछि पोखरिया नगरपालिकाको कृषि शाखा को मिलोमतो र आर्थिक चल खेलका कारण हाल सम्म पोखरिया नगरपालिकाका किसानहरूले मल नपाए को श्रोतले जनाएको छ। स्रोत का अनुसार कृत्रिम मूल्य अभिवृद्धिको मुल्य सृजना गराउनमा पोखरिया नगरपालिकाको कृषि शाखामा कार्यरत कर्मचारीहरुको संग्लंता रहेको र त्यसबाट कमिशन नमिलेको स्रोतले बताएको छ ।

पोखरिया शाखामा कार्यरत कर्मचारीहरुको राजनीतिक बदमासीले पोखरियाको किसानहरूले सास्ती खेप्न बाध्य भएका छन । कृषि शाखामा कार्यरत कर्मचारीहरुको आसे पासे तथा नातेदारहरुले सहज रूपले आफनो आवस्यकता भन्दा बढ़ी नै मल लिएर घरमा भन्डारण गरेका छ र ती भण्डारण गरिएको मल नेपालबाट भारतमा रहेका आफन्तहरु कहा जानेगरेको स्रोतले बताएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close