स्वर्गीय नरेश सरार्फको प्रथम स्मृति सभा

स्वर्गीय नरेश सरार्फको प्रथम स्मृति सभा

राहुल गुप्ता
कृयाशिल पत्रकार स्वर्गीय नरेश सरार्फको प्रथम स्मृति सभा आज बिरगंज स्थित रेडियो बिरगंजको परिसरमा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा कार्यसमितिको सदस्य स्व. नरेश सर्राफको आज प्रथम स्मृति कार्यक्रममा प्रमुख अतिथि रहनु भएका बिरगंज महानगरपालिका मेयर राजेशमान सिंहले स्व.नरेश सरार्फको स्मृति कार्यक्रम वर्षमा मात्र नभइ उनको सम्झनामा र उनले कोरोना कालमा गरेको कार्यलाई याद राखी सधै मनाउनु पर्ने बताए । त्यस्तै उनले आफुले गरेको वाचा पूरा गरेको र उनको नाममा महानगरपालिकाबाट १० लाखको अक्षयकोष स्थापना गरि उनको परिवारलाई सहयोग गरेको बताए । आउने दिनमा पनि आफू सक्दो सहयोग गरिरहने बताए।

त्यस्तै पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरा रेग्मीले स्व.नरेश सरार्फ बारे बोल्दै उहाँ कृयासिल पत्रकार हुनुका साथै एउटा खोज पत्रकारिताको लागि उनले छुट्टै पहिचान बनाएका थिए ।

नेपाल प्रेस युनियन पर्साकाका पुर्ब सभापति रामनारायण कुर्मीले पर्साको पत्रकारीता क्षेत्रमा एउटा योग्य तथा असल ब्यक्ती हामीले गुमाएको बताए । आज स्व.नरेश सरार्फको स्वर्गवास भएको १ वर्ष पूरा भएको उनले गरेको कार्यहरु लाई सम्झदै भने उनी २४ घण्टा जनताको सेवा को लागि काम गर्न तयार बस्नु हुन्थ्यो उनको मृत्युले हामी मर्माहत भएका छौ ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले नरेश सरार्फ एउटा योग्य तथा कृयासिल पत्रकारको रुपमा परिचीत रहेको बताए। विभिन्न कालखण्डको आन्दोलन लगायत कोरोना कालमा उनी सब भन्दा पहिले रिपोर्टिङ गर्ने पत्रकार रहेका थिए ।

आज भएको प्रथम स्मृति सभाको अध्यक्ष राष्ट्रिय सहारा दैनिकका चन्द्र भुसणको अध्यक्षतामा सम्भन भएको थियो । उक्त कार्यक्रममा नेकपा ए.स.का महानगर अध्यक्ष मनोज चौधरी , जनमत पार्टीका मुकेश द्वबेदी , सामुदायिक प्रहरी सेवाका अध्यक्ष वासुदेव सहनी लगायतको उपस्तिथि रहेको थियो। नेपाल पत्रकार महासंघ पर्सा कार्यसमितिको सदस्य समेत रहेका स्व. नरेश सर्राफको आजका दिन हृदयघाटका कारण मृत्यु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close