राजा सहितको प्रजातन्त्र हुनुपर्ने कमल थापाको भनाइ

राजा सहितको प्रजातन्त्र हुनुपर्ने कमल थापाको भनाइ

राहुल गुप्ता
वीरगञ्ज ।राजा सहितको प्रजातन्त्र हुनुपर्ने कमल थापाको माग रहेको छ ‌।वीरगञ्ज स्थित होटेल सुरजमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले संघीय संरचना खारेज गर्ने तत्कालीन लक्ष्य लिएको बताएका छ।

देशमा कायम रहेको भ्रष्ट व्यवस्था अन्त्य गरेर मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि संघीय संरचना खारेज गर्नुको विकल्प नरहेको उनको जिकिर रहेको छ।

राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष कमल थापाले संघीय संरचना खारेज गरेर स्थानीय निकायलाई बलियो बनाउँदै सुशासनको माध्यमबाट मुलुकमा आर्थिक विकास र सुशासन हासिल गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको बताए। साथै निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने बताए।

त्यसका लागि एक वर्षभित्र कम्तिमा २ लाख पार्टीको सक्रिय सदस्यता वितरण गरिसक्नुपर्ने अध्यक्ष थापाको भनाई थियो।

उनले पार्टीलाई बलियो बनाउन पनि सक्रिय सदस्यता वितरणलाई पार्टीका नेता,कार्यकर्ताले प्रतिस्पर्धाको रुपमा अघि बढाउनुपर्ने बताए।

अध्यक्ष थापाले भने, ‘हाम्रो तत्कालीन जिम्मेवारी भनेको देशमा कायम रहेको भ्रष्ट व्यवस्था अन्त्य गर्ने र विकल्पमा हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने, हाल कायम रहेको संघीय संरचना खारेज गर्ने, स्थानीय निकायलाई बलियो बनाउने र देशमा भ्रष्टाचारलाई अन्त्य गरेर सुशासनको माध्यामबाट देशको आर्थिक विकास र समृद्धि हासिल गर्ने।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close