वीरगन्ज महानगरपालिकाका एक अधिकृत कर्मचारीको मनपरी कार्यालय नपुगी ठोक्छन आफ्नो हाजिरी

वीरगन्ज महानगरपालिकाका एक अधिकृत कर्मचारीको मनपरी कार्यालय नपुगी ठोक्छन आफ्नो हाजिरी

अजय साह
वीरगन्ज महानगरपालिकाका एक अधिकृत स्तरका कर्मचारीको मनपरीले गर्दा सेवाग्राही पीडित भएका छन। वीरगन्ज महानगरपालिकाको बिधुत शाखाका अधिकृत इ. सुरेन्द्र साहको कारण सेवा लिन आउने सेवाग्राही समयमै सेवा नपाएर पिडित हुनेगरेको पाइएको छ ।

समयमा कार्यालय नआएर उनी आफ्नो मनमर्जी गरिरहेका छन । कार्यलय आए पनि एकछिनमा बाहिर निक्लिने गरेका छन ।सेवाग्राही ले उनी संग बिधुतको समस्या बारे बताउदा उल्टै सेवाग्राहीलाई नै हेप्ने गरेका छन र आफू बिधुत शाखाको काम आफ्नो नरहेको बताउने गरेका छन ।

एक कर्मचारीका अनुसार इ. सुरेन्द्र साह कति बेला आउँछन् र जान्छन् थाहै हुदैन। उनको अनुहार नदेखकै कहिले काहीँ हप्तौं भैसकेको हुन्छ । उनको कारण वीरगन्जको बिधुत सम्बन्धि महानगरपालिकाको विकासमा समेत धेरै असर परिरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close