
राजु गुप्ता
अहिले बिरगंज यातायात कार्यलय मा अबैध गाडीहरुको नामसारी बनाउमे धन्दा फस्टाएको छ। बिरगंज यातायात कार्यलयका इन्जिनियर नितेश्वर यादव र उनको बिश्ववास पात्रहरुले यातायात कार्यालय भित्र रहेको बिचौलियाहरु मार्फत मोटो रकम उठाइ अबैध तरिकाले गाडीहरुको नामसारी गराउने गरेको नाम नछाप्रने सर्तमा एक बिचौलियाले बताएका छन ।
यातायातको नियम अनुसार कुनै पनि सवारी साधनको नामसारी गर्नु परेमा सवारी साधन सहित सवारी धनी स्वयं यातायात कार्यलयमा उपस्थिति हुनु पर्ने हुन्छ तर इन्जिनियर नितेश्वर यादवले बिना सवारी तथा सवारी धनीको उपस्थितिमा घुस खाइ नामसारी गर्ने गरेका छन ।
त्यस्तै उनी कार्यलय समयमा नै रक्सी खाएर धुत हुने गरेका छन । नेपाल सरकारको नियम अनुसार कुनै पनि कर्मचारीले कार्यलय समयमा कुनै किसिमको नशा गरिएको पाइएमा कडा कार्वाही हुने भने पनि उनलाइ कसैले पनि कार्वाही गर्न सकेको छैन । आफ्नो प्रदेश सरकारमा ठूलो पहुच रहेकोले कसैले कहि गर्न नसक्ने कर्मचारीहरु लाई गफ दिने गरेका छन ।
यातायात कार्यालयको इन्जिनियर शाखाका प्रमुख रहेका यादव बिगत तीन वर्ष देखि यातायात कार्यालयबाट अवैध रुपले कमाई करोडौं रुपैयाको सम्पति जोडे पनि सम्पति शुद्धीकरण बिभागको ध्यान जान सकेको छैन । उनी अबैध पैसा जोडेर अहिले लाखौं पर्ने गाडी चढिरहेका छन । एउटा इन्जिनियरले तर पनि अख्तियार को ध्यान जान सकेको छैन । यस विषयमा छिटो भन्दा छिटो कार्वाही गर्न जरुरी रहेको छ ।




