
बारा जिल्लाबाट कवाडीको तस्करी धन्दा शुरूभएको छ ।विगत एक साता देखि बाराको मटिअवा नाकाबाट कवाडीको तस्करी धन्दा शुरू भएको हो ।सुरक्षाकर्मी लाई मिलाएर यो नाकाबाट तस्करी शुरू भएको र तस्करीको लाइन भारतीय नागरिक मुजामिल र मुन्ना भन्ने तस्करहरूले पाएका छन् । दुबै प्रहरीलाई मासिक चार लाख दिने गरि कवाडीको तस्करीको लाइन यि दुई भारतीयल पाएको स्थानीय गंगा साहले बताए। भारतको आदापुरका यी दुई जनाले विगतमा पनि यो नाकाबाट कवाडीको ठूलो तस्करीको लाइन पाएका थिए ।
नेपालको अर्थतन्त्र यतिखेर निकै नाजुक अवस्थामा पुगेको छ । लक्ष्य अनुसार राजस्व संकलन हुन सकेको छैन । जसका कारण कर्मचारीलाई तलव खुवाउनसमेत सरकारलाई धौ–धौ परेको अवस्था छ । विदेशी अनुदान, ऋण र आन्तरिक रूपमा ऋण उठाएर तलव खुवाउने र विकास निर्माणका काम सम्पन्न गर्न नसक्ने अवस्थामा सरकार पुगेको छ ।
यसरी राज्यलाई कबाडी तस्करहरूले कुनै पनि राजश्व बुझाउदैनन् तर विडम्बना नेपाल सरकारको नियम अनुसार स्थापित कवाडी प्रशोधन उद्योगहरू कबाडीजन्य कच्चापदार्थ नपाएर बन्द हुने अवस्थामा पुगेका छन। छिमेकी मुलुक भारत निकासीमा निषेधित वस्तु चोरीपैठारी गराउन दिनु आफैमा गैरकानुनी कार्य वा तस्करी हो। नेपाल भारत बीच आआफ्नो देशमा निस्किने कबाडी जन्य सामाग्री आ–आफ्नै देशमा व्यवस्थापन गर्ने दुई पक्षिय सम्झौता भएको छ।
अहिले नेपाल–भारत सीमा नाकाबाट प्लाष्टिक, पानीका बोतल, जार, बियरका सिसी, इनर्जी ड्रिङक्स, आल्मुनियम क्यान र प्लाष्टिकजन्य अन्य कवाडी सामान तस्करी हुँदै आएको छ । तर, कवाडी सामग्री प्रशोधन गर्ने करिब एक दर्जन जति उद्योग नेपालमै स्थापना भएका छन् । तर, नेपाल, सशस्त्र प्रहरी, भन्सार, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व कार्यालयलगायतका सरकारी निकायहरूले तस्करी रोक्न कुनै पहल गर्न सकेका छैनन् । उनीहरूबाट तस्करी नियन्त्रणमा पर्याप्त सहयोग नहुँदा स्थापना भएका यस्ता प्रशोधन उद्योगहरू बन्द हुने अवस्थामा पुगेको गुनासो उद्योगीहरूले गरेका छन् ।
कवाडी तस्करी धन्दाको बारेमा समाचार प्रकाशित भए पछि केही दिन रोकिए पनि विगत एक साता देखि फेरि शुरू भएको छ। यो तस्कर गिरोहले नेपालबाट कवाडी लैजाने र भारतबाट भैंसी नेपाल ल्याउने धन्दा व्यापक रूपमा चलाई रहेको अर्का मनोहर यादव बताउँछन् । यस जिल्ला प्रहरी र सशस्त्र प्रहरीको जिल्ला स्थित प्रवक्ताहरूलाई प्रश्न गर्दा उनीहरूले बुझेर मात्रै बताउँने जानकारी दिए । ।




