
राहुल गुप्ता
सशस्त्र प्रहरी पर्साले साढे ८ लाख बराबरको समान पक्राउ गरेको छ।शस्त्र प्रहरी वीरगन्ज भन्सार गुल्म बाट खटिएको सशस्त्र प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका वडा नं १६ रजतजयन्ती चौक बाट ८ लाख ५८ हजार ५ सय २० रुपैयाँ बराबरको समान पक्राउ गरेको सशस्त्र प्रहरी वीरगन्ज भन्सार गुल्म ले जनाएको छ।
सशस्त्र प्रहरी वीरगन्ज भन्सार गुल्ममा आएका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले कार्यभार समहाले देखिनै तस्करहरूमा रूवाबासी छाएको छ।
भन्सार छली चोरी तस्करी गरी भित्र्याएको लत्ताकपडा, खाद्यान्न र मोबाइलको कभरहरु पक्राउ गरिएको हो। पक्राउ गरिएको समानहरुलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी वीरगन्ज भन्सार गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले जानकारी दिए।
आफ्नो प्रतिक्रिया दिनुहोस




