
राहुल गुप्ता
प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजका सप्रनाउ सुरज रिजालले २५ लाख भन्दा बढीको बिभिन्न समान सहित टाँगा नियन्त्रणमा लिएको छ।
वीरगन्ज महानगरपालिका वार्ड नं १६ भन्सार मेनगेट देखि ५०० मिटर बीरगन्ज तर्फ जादै गरेको प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगन्जबाट सप्रनाउ सुरज रिजालको कमाणडमा खटिएको ९ जनाको गाडि मोबाईल टोलिले चेकजाँच गर्ने क्रममा बीरगन्जबाट भारतको रक्सौल तर्फ जादै गरेको उक्त टोलीलाई देखि टाँगा छाडी चालक भागि गएकोले शंका लागी लाई चेकजाच गर्दा टाँगा भित्र फल्स बटम बनाई लुकाई छिपाई राखेको भन्सार मुल्य रु १३,८५,०००।-बराबरको भेप र घोडा सहितको टाँगा नियन्त्रणमा लिएको हो।
बीरगन्ज महानगरपालीका वडा नं १६ बाटै भारत बाट नेपाल तर्फ झोला बोकी पैदल आउदै गरेको भारतको जिल्ला पुर्वी चम्पारण, घोडासहन ग्राम पोष्ट वार्ड नं. ११ को बासुकी नाथ ,घोरसाहन, बिहार बस्ने अ.वर्ष १८ को गोपाल कुमार लाई शंका लगी चेक जाँच गर्दा निजले बोकेको झोला र शरिरमा बेरेर लुकाई छिपाई राखेको अवस्थामा चाँदि जस्तो देखिने सेतो धातु ६.७८५ के.जि.फेला परेको हुँदा शंका लागी चेकजाँचको लागी सुनचाँदि ब्यवसायिक संघ पर्सामा लगी चेकजाँच गरि हेर्दा भन्सार मुल्य रु ३,२५,६५०।- बराबरको २१७१ ग्रा.म.चाँदि प्रमाणीत भएकोले जम्मा मुल्य रु १७,१०,६५०।-बराबरको निम्न सामान तथा ब्यक्ति सहित भेप-१३,५०,०००।-, घोडा सहितको टाँगा-३५,०००।-, चाँदि(२१७१ग्रा.म)-३,२५,६५०।-नियन्त्रणमा लिएको हो।
त्यसतै पर्सा बीरगन्ज महानगरपालिका वार्ड नं ३ छपकैया स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगन्जबाट खटी गएको सप्रनाउ सुरज रिजालको २० जनाको टोलि र बीरगन्ज भन्सार कार्यालयबाट ना.सु.बिष्णु प्रसाद चौधरीको कमाण्डमा खटिएको ३ जनाको संयुक्त टोलिले प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगन्जको सुचनाको आधारमा भारत बाट अबैध रुपमा भन्सार छली गरि जगत प्रसाद रौनियारको घरमा गोदाम गरि राखेको भन्सार मुल्य रु ९४,०००।-बराबरको १३५ केजि किसमिस र ऐबी.म.न.पा- वडा नं १० अशोकबाटिका स्थित अरबिन्द गुप्ताको घरमा अबैध रुपमा गोदाम गरी राखेको चियापति-५,००,०००।-,कुरकुरे-२,००,०००।-,लेज-१,००,०००।- राखेको भन्सार मुल्य रु ८,००,०००।-बराबरको जम्मा मुल्य रु ८,९४,०००।-बराबरको सामानहरु नियन्त्रणमा लिएको हो।
जम्मा मुल्य रु २५,१०,६५०\-पचिस लाख दस हजार छव सय पचास रुपैयाको बिभिन्न समानहरु सहित टाँगा बीरगन्ज भन्सार कार्यालयमा बुझाईएको प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगन्जका सप्रनाउ सुरज रिजालले जानकारी दिए।




