
कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको कार्यालयमा प्रवेश गर्दा मोबाइल लिन बन्देज लगाइएको छ । सेवाग्राही कैलाली प्रहरी कार्यालयको प्रवेशद्धारमा प्रवेश गर्दा नै फोन थुतेर राख्ने गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखमा प्रहरी उपरीक्षक पदमबहादुर विष्ट हाजिर भएपछि सेवाग्राहीको मोबाइल गेटमै राख्नु पर्ने नयाँ नियम लागु गरेका थिए । यसअघि कार्यालय भित्रै मोबाइल लिन कुनै बन्देज थिए ।यो नयाँ नियमको अहिले सर्वत्र विरोध भइरहेको छ । केही हप्ता अगाडी नेपाल पत्रकार महासङ्घ, कैलालीका अध्यक्ष हिमालय जोशीले जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक पदमबहादुर विष्टलाई भेटेर उक्त गुनासो राखेको बताए ।तर, जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रवेशद्वारमा मोबाइल दिएर कार्यालय प्रवेश गर्नुपर्ने बाध्यताको अन्त्य भएको छैन् ।यता जिल्ला प्रहरी कार्यालय, कैलालीले भने महिला, बालबालीका तथा जेष्ठ नागरिक शाखाबाट तस्विर तथा भिडिओहरू बाहिरिएकाले कार्यालयमा सेवाग्राहीलाई फोनमा प्रतिबन्ध गरिएको बताउँदै आएको छ ।यसअघि नेपाल प्रहरीको हेटक्वाटरले मात्रै प्रवेशद्वारमा फोन थुतेर राख्ने गरिएको थियो ।




