बारा यातायात ब्यवस्था कार्यालयमा घुसखोरी चरमसिमा पार

बारा यातायात ब्यवस्था कार्यालयमा घुसखोरी चरमसिमा पार

यातायात व्यवस्था कार्यालय बारामा सवारी चालक अनुमतिपत्रमा भ्रष्टाचार सुरु भएको पाइएको छ। तत्कलिन मुख्य मन्त्री सरोज कुमार यादवको कृपाले तथा तत्कलिन यातायात ब्यवस्था मन्त्री चन्दन कुमार सिंह तथा यस बारा जिल्लाका केही माननीय ज्युहरुको पहलमा उक्त कार्यालयको स्थपना भएको थियो।

तर केही महिना पहिला कार्यालय प्रमुख भएर आएका अरबिन्द दासले सवारी चालक अनुमति पत्र विक्री गरेर करोडौं कमाउने योजना बनाएको कार्यालयका एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताएका छन । प्रमुखले प्रदेश सरकारलाई भेटी चढाएर आफू यहाँ आएको र कसैले केही गर्न नसक्ने भन्दै खुलेर पैसाको बार्गेनिङ गर्ने गरेको बताए । त्यस्तै प्रमुख दासले आफु मधेश प्रदेश श्रम तथा यातायात मन्त्री कौशल किशोर राय यादवको नजिक रहेकोले कहीं कतैबाट कुनै किसिमको समस्या नआउने भन्दै आएका छन ।

आज निकालिएको परिक्षाको नतिजामा ७०% जना पास रहेका छन ।त्यस्तै यातायात व्यवस्था कार्यालय कलैयामा अख्तियारले निगरानी बढाएको बेला २०%÷३०% पास हुने परिक्षार्थीहरुमा अख्तियारको निगरानी बिना हुने ट्रयाल र लिखित परिक्षामा ह्वात्तै ७० % जना सम्म पास हुनु खोजीको बिषय बनेको छ।

यातायात व्यवस्था कार्यालय बारा परिसरमा प्रमुख दास कै निर्देशन र मिलोमतो मै सेवाग्राहीलाई बिचौलियाले तानातान गर्ने गरेका छन । कार्यालय परिसरमा फलफूल व्यापार गर्ने देखि मास्क बेच्ने,चुरोट,खैनी,चटपटे बेच्ने समेत यातायातसँग सम्बन्धित काम लिएर गएका सेवाग्राही संग दलाली गर्छन। उनीहरुबाट सर्वसाधारण सेवाग्राहीहरु दिनदहाडै ठगिने गरेका गुनासो बढ्दै गएको एक सेवा ग्राही मुकेश साह तेलीले बताए।

प्रमुख दासले परिचालन गरेको बिचौलियाहरुले सेवाग्रहीहरुबाट जति ठगे पनि आफुलाई आफ्ना कार्यालयको आन्तरिक दररेट अनुसार नै केही आफ्नो करिबी कर्मचारीहरु मार्फत असुली गराई राख्ने गरेको स्रोतको भनाई रहेको छ ।

अहिले खुल्याम मोटरसाइकल, स्कूटी, टेम्पृ यसमा पास गराउन १५ देखि २० हजार र कार, चिप, डेलभरी भ्यान ३० देखि ४० हजार लिएर मात्र पास गराइरहेको धेरै जना सेवाग्राहीले दुखेसो पोखेका छन्।

यस सम्बन्धमा कार्यालयमा आवेदन दिएका लिखित परीक्षार्थीहरुमा कति जना फेल र कति जना उर्तीण रहेको परिणाम कार्यालयको आधिकारिक फेसबुक पेजमा सार्वजनिक गर्नु पर्नेमा प्रमुख दासले सो नगरी उर्तीण परीक्षार्थीहरुको नजिता मात्र प्रकाशित गर्दै सूचना लुकाई सुक्ष्म तरिकाले भ्रष्टाचार गरिरहेको सेवाग्रहीहरुको आरोप रहेको छ ।

यस सन्दर्भमा प्रमुख दास सँग प्रतिक्रिया लिन मोबाईल फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close