
विश्वको सब भन्दा ठूलो अन्तराष्ट्रीय समाजिक संस्था र लगभग दुई सय देश मा मानव सेवामा कार्यरत रहेको लायन्स क्लबको बीरगंज शाखामा काम गर्दै आएका दुईवटा लायन्स क्लबहरु को सयुंक्त योजनामा मानव सेवा आश्रम, लक्ष्मणवामा दुई तल्ले भान्साघर निर्माणको शिलान्यास गरिएको छ ।
अन्तर्राष्ट्रिय सहयोग मार्फत एक हजार अमेरिकी डलर को लगानीमा दुई तल्ले भांसा घर भवन शिलान्यास भइ केही दिनमै सम्पन्न भइ संचालनमा आउने छ । दुई तल्ले भवन निर्माणको शिलान्यास पाँच दशक देखि लायन्स क्लबम सेवागरी रहेका भुतपुर्व डिस्ट्रिक्ट गवर्नर डॉ आर पी खेतान बाट शिलान्यास भएको छ ।
उक्त अवसरमा नेपाल लायन्स क्लबका भू पु अंतराष्ट्रीय निर्देशक ई संजय खेतान को गरिमामय उपस्तिथि मा, पूर्व संस्थापक अध्यक्ष रहेका पशुपति बिक्रम शाह,भू पु मल्टीपल कॉन्सिल चेयरमैन डॉ रमेश अग्रवाल, भू पु डिस्ट्रिक्ट गवर्नर डी एन अग्रवाल, क्लब अध्यक्ष बिनोद खंडेलवाल,सचिव रोशन गुप्ता, भू पु अध्यक्षहरू उषा शाह, डॉ शिव कुमार नंदवाना, समर्पित लायंस रहेको लायंस क्लब बीरगंज मिलेनियम एम जे एफ तथा पाँच वर्ष देखि स्थापित महिला हरु को लायंस क्लब बीरगंज संस्कृति गोल्ड अध्यक्ष रितिका जायसवाल, भू पु अध्यक्षहरु आयुषी तुलस्यान,सुनीता अग्रवाल, पिया सिंह, इंदु श्रेष्ठ,अन्य महिला लायन्सको संयुक्त सहयोगमा निर्माण थालनी भएको छ ।




