
राहुल गुप्ता
पछिल्लो समय पर्सा र बारा जिल्लाबाट खुलेआम तस्करहरुले प्रहरी प्रशासनलाई आर्थिक लोभमा पारी विभिन्न किसिमका बस्तुहरुको तस्करी सुरु गरेका छ्न। अहिले देश आर्थिक संकटमा परेको तथा सरकार ले सोछे अनुरुप राजश्व संकलन गर्न सकेको छैन। यस्को एउटा कारण मध्धे एक खुल्ला सिमानाको कारण तस्करी मौलाउनु पनि रहेको छ ।
अहिले पर्सा जिल्लाको छपकैया,श्रीसिया भकुवा लगायत नाकाबाट तस्करहरु खुला रुपमा तस्करी गर्न थालेका छ। तस्करीहरु सिमा सुरक्षा बलका प्रहरी निरीक्षकलाई लाखौंको रकम दिएर लाइन खुलाएको बुझिन आएको छ। बीरगन्जका तस्करहरु काजु तस्कर पशुपति यादव,हरेन्द्र पटेल ,जताधारी,बेचु,अनिल,गभिरा साह तेली लगायतले छोहडा,मरिच,कपडा दैनिक रुपमा लाखौंको तस्करी सशस्त्र प्रहरीका निरिक्षक प्रबिन दत्तको सहयोगमा हुने गरेको स्थानीयहरुले बताएका छन ।
अहिले नेपाल तर्फको पर्सा नाकाबाट स्रोतका अनुसार रम्भु, मञ्जु, जीतु नामक तस्करहरूले कपडा, हार्डवेयर, कम्प्युटर पाट्र्सको तस्करी गरिरहेका छन् । यसैगरी काजु, हार्डवेयरको तस्करीमा डब्बा भन्ने तस्कर सक्रिय छन् । किराना र हार्डवेयरको तस्करीमा सञ्जय, गाडीको पार्टपुर्जा तस्करीमा विजय, वैवाहिक सामानको तस्करीमा जयगुरु, मोबिलको तस्करीमा मुस्लिम, भैंसीको तस्करीमा बैधनाथ, कबाडीको तस्करीमा सञ्जय जैसवाललगायत व्यक्तिहरूको नाम अहिले चर्चामा छ।त्यस्तै लत्ताकपडा, जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटर पार्टस, खाद्यान्न, कस्मेटिक तथा खेलकूद लगायतका सामग्रीहरु, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ, रजनीगन्धा, स्पेयर पार्टस्, भाँडाकुडा र माछालगायतका समानहरु पिकअप भ्यान, इ–रिक्सा, ट्याम्पु, मोटरसाइकल, साइकलका माध्यमबाट लाखौं लाख राजस्व छलेर दैनिक नेपाल भित्र्याइरहेकाे समाचार दिनदिनै आउने गरेका छन ।
त्यस्तै पर्साको अलौ नाकाबाट काजु र कपडाको कुख्यातं तस्कर अनिल, कवाडको काम गर्ने जयप्रकाश रजलालुदिन, हार्डवेयरको काम गर्नेहरुमा सुरेश भगत माली,मदन महतो नुनिया र नगिना महतो नुनिया रहेका छन भने किराना समान तस्करी गर्नेहरुमा ओमप्रकाश, बैजु, प्रदिप, अशोक, अनुरुध, हरिसंकर कलवार, मुकेश कलवार, लंग्टु र मोतिलाल रहेका छन।
त्यस्तै बारा जिल्लाको मुसहर्वा नाका हुँदै नौतन गण्डक भएर दैनिक करोडौं मूल्यका मालसामान तस्करी हुने गरेको छ । सो भेगका गाउँलेका अनुसार मुसहर्वा नाका हुँदै गण्डक नहर र बाराको क्षेत्र नं ४ का विभिन्न गाउँका सडकबाट तस्करी मौलाएको छ ।
पोके तस्करमार्फत साइकल,मोटरसाइकल, पिकअप भ्यान र ट्याक्टर नै पास हुनेगरी तस्करी भइरहेको बारा प्रसौनीका स्थानीयहरू बताउँछन् । मुसहर्वा नाकामा रहेका जनपद र सशस्त्र प्रहरीको सुरक्षा युनिटसँगै इलाका प्रहरी कार्यालय,नौतनलाई आर्थिक प्रलोभनमा पारी जीतपुरका सरोज र प्रदीप नाम गरेका दुईजना तस्करको लागि लाइन खुला गरिएको बताइएको छ ।




