साँस्कृतिक र जैविक सम्पदाले भरिपूर्ण सुनापतिको पर्यटन प्रर्वधन गर्न काठमाण्डूमा अन्तरक्रिया

साँस्कृतिक र जैविक सम्पदाले भरिपूर्ण सुनापतिको पर्यटन प्रर्वधन गर्न काठमाण्डूमा अन्तरक्रिया

काठमाण्डू, रामेछापको सुनापति गाउँपालिकाको पर्यटन विकासका लागि काठमाण्डूमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

ब्यावसायिक र सिर्जनशील प्रसाशनः विकास समृद्दि र सुसाशन, समृद्द उद्यमी, सुखी सुनापति: कृषि, पर्यटन र शिक्षा हाम्रो सम्पत्ति, भन्ने नारा लिएर पर्यटन प्रर्वधन गर्न पालिकाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद पूर्णबहादुर तामाङले रामेछापकाक आठ पालिका मध्ये सुनापति समृद्द भएको बताए ।

सांसद तामाङले सम्पदा र संस्कतिले भरिएको सुनापतिलाई पर्यककीय हिसावले आर्कषणको केन्द्र बनाउन संघीय सांसदका रुपमा जस्तोससकै सहयोग गर्ने प्रतिबद्दता जनाए ।

पर्यकीय सम्पदालाई संरक्षण गर्न र नयाँ गन्तब्य विकास गर्दै जान आग्रह गर्दै सांसद तामाङले पूर्वाधार निमार्णमा तीनै तहका सरकारले ध्यान दिन आग्रह गरे ।

पूर्वराज्यमन्त्रीसमेत रहेका तामाङले सुनकोशीमा राखिएको २५ करोड बजेट भौतिक मन्त्रीले कटाएकोमा असन्तुष्टि जनाउँदै विकास निमार्णका काममा पार्टी भन्दा माथि उठेर काम गर्न आग्रह गरे ।

विकास निमार्णका लागि जाने बजेट पहुँचवालाकोमा मात्र नभएर समानुपातिक रुपमा बाँडफाँड हुनु पर्नेमा जोड दिंदै सांसद तामाङ स्थानीय स्तरमा उत्पादन भएका उपजका लागि बजारीकरणलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

पूर्वमन्त्री तथा एमाले पोलिटब्यूरो सदस्य कमलप्रसाद चौंलागाईंले पर्यटन प्रर्वधनका लागि पहिलो अनिवार्य शर्त पूर्वाधार भएको बताएका थिए ।

पूर्वाभार निर्माणमा तीनै तहका सरकार मिलेमा सहज हुने बताए ।

स्थानीय संस्कृति रहनसहन र भेषभूषालाई संरक्षण गर्नु पर्नेमा जोड दिंदै नेता चौंलागाईंले आन्तरिक तथा बाह पर्यटकका लागि आर्कषण बन्न सक्ने लोपुन्मुख जातजातीका कला र संस्कृतिलाई संरक्षण गर्नु पर्ने जिकिर गरे ।

जिल्लाको समग्र विकासमा एक्लो प्रयसास भन्दा पनि सामूहिक प्रयासबाट सम्भव हुने भन्दै नेता चौंलागाईंले स्तानीय उत्पादनलाई प्रर्वधन गर्न र उत्पादित उपजको बजार खोज्न पालिकाले सहजीकरण गर्न आग्रह गरे ।

पूर्वसांसद देवशंकर पौडेलले रामेछापमा भएका ऐतिहासिक स्थलहरु प्रशस्त भएकोले संरक्षण गर्नु पर्ने बताए ।

सांसद पौडेलले पर्यटन प्रर्वधनका लागि सुनापतिसित सिमाना जोडिएका पालिकासित पनि समन्वय गरेर अघि बढ्न आग्रह गरे ।

वागमती प्रदेशका पूर्वमन्त्री श्यामकुमार श्रेष्ठले एकतामा जोड दिंदै सुनापतिलाई युद्द पर्यटनसँग जोडेर पनि विकास गर्न सकिने धारणा राखे ।

सुनकोशी तश्रो जलबिद्युत आयोजन आयोजना समयमा सम्पन्न भएमा यसले पनि रामेछापको पर्यटन प्रर्वधनमा ठूलो टेवा पुग्ने पूर्वमन्त्री श्रेष्ठको थियो ।

बढी भन्दा बढी आन्तरिक र बाह् पर्यटक भित्राउन पनि जिल्लाबासी एक हुनु पर्नेमा पस्र्वमन्त्री श्रेष्ठको जोड थियो ।

नेपाल बिद्युत प्राधिकरणका पूर्वकार्यकारी निदेर्शककुलमान घिसिङले पदमार्गलाई बढी भन्दा बढी उपयोग गर्न आग्रह गरे ।

सुनकोशी तेश्रो परियोजना बनेमा ड्याम क्षेत्रमा बोटिङ र सुनापतिका केही स्थानमा बञ्जि जम्पको सम्भावना रहेपनि रामेछाप प्रचार प्रसारको अभावमा पछि परेको भनाइ कार्यकारी निर्देशक घिसिङको थियो ।

पर्यटन प्रर्वधन र प्रचार गर्न कुटनीतिक नियोग र कलाकारलाई सँगै लगेर जानु पनृै भन्दै कार्यकारी निर्देशक घिसिङले शैलुङ र खाँडादेबीलाई छुटाउन नहुनेमा जोड दिए ।

कषि अन्र्तगत अर्गानिक तरकारी, फलफूल र चियालाई सँगसंंगै लान सकेमा स्थानीय स्तरमा आयआर्जनको बाटो खुल्ने उनको भनाइ थियो ।

नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छालीले पर्यटन र ललितकला फरक पाटो भएपनि सुनापति क्षेत्रमा पाइने थान्का र गलौंचाका लागि प्रथिष्ठानले सहयोग गर्ने बताए ।

ललितकलालाई र पर्यटनसित जोडेर जान सकेमा पर्यटन प्रर्वधनमा सहयोग पुग्ने बुझाइ कुलपति हार्तम्छाको थियो ।

थान्का, गलौंचा र मूति बनाउने काममा प्रतिष्ठान सहयोगी बन्न सक्ने भन्दै कुलपति हार्तम्छाले बस्तुगत आधारलाई मनन गरेर जान सकेमा अहिले भन्दा बढी पर्यटन प्रर्वधनको सम्भावना रहेको बताए ।

पालिकाले पर्यटन प्रर्वभन गर्ने विषयलाई छनौट गरेर प्राथमिकताका साथ योजना बनाएर
नयाँ बनाउने नाममा भएका पद मार्गलाई बिगार्ने काम भएको छ त्यो रोक्न सुझाव दिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले नेपाल पर्यटनका हिसावले महत्वपूर्ण गन्तब्य भएपनि नेपाल आउने पर्यटकको संख्यामा कमी आएको बताए ।

पर्यटन ब्यावसाय भनेको सानुदेखि ठूलोसम्म लगानी गरेर गर्न सकिने ब्यावसाय भएकोले ग्रामीण वासिन्दाको जीवनस्तर उकास्न पर्यटन ब्यावसाय सहयोगी बन्ने भन्दै उपाध्यक्ष सापकोटाले पर्यटकीय क्षेत्रका बासिन्दाको जीवन स्तर अन्य क्षेत्रको तुलनामा निन्म भएको दावी गरे ।

पर्यटन ब्यासिाय गर्न कच्चा पदार्थको आवश्यकता नपर्ने भएकोले आफैंले उत्पादन गरेको कच्चा पदार्थलाई बेचबिखन गरेर आय आर्जन गर्न सकिने भनाइ उपाध्यक्ष सापकोटाको छ ।

पर्यटन क्षेत्रमा राज्यको लगानी कम भएको भन्दै उपाध्यक्ष सापकोटाले पूर्याधार निर्माणमा बढी लगानी गर्न आग्रह गरे ।

कुन स्थानमा कस्तो पर्यटन ब्यावसाय गर्ने हो सो कुराको यकिन यरे प्रचारप्रसारको जिम्मा बोर्डले लिने र पर्यटन क्षेत्रमा लगाएको भ्याट हटाएर सहयोगी बन्न पनि सरकारलाई उनले आग्रह गरे ।

टान अध्क्ष्य सागर पाण्डेले स्थानीय संस्कृति, रहनसहन र खानपिन पर्यटनका खम्बा भएकोले त्यस तर्फ ध्यान दिन आग्रह गरे ।

सुनापति मात्र नभएर सबै पालिकाले आफ्नो पर्यटन नीति नै बनाएर प्रचार प्रसारमा लाग्नु पर्ने भन्दै बढी भन्दा बढी लाभ कसरी लिन सकिन्छ भन्ने कुरामा ध्यान दिन आग्रह गरे ।

बसाई सराई ग्रामीण भेगको ठूलो समस्या भएकोले यसलाई रोक्न पर्यटन सहयोगी बन्न सक्ने जिकिर गरे ।

अध्यक्ष पाण्डेले कषि उपज उत्पादनमा जोड दिंदै स्थानीय स्तरमा उत्पादित बस्तु स्थानीय स्तरमै खपत र बढी भएको उपजलाई बजारसम्म लगेर बेचबिखनको बाटो बनाउन स्तानीय निकाय सहयोगी बन्न सक्ने बताए ।

टान पर्यटन प्रर्वधन गर्ने कुरामा सधैं हातेमालो गर्न तयार रहेको भनाइ अध्यक्ष पाण्डेको थियो ।

सुनापति याउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले पालिकाले कल्पना गरेका काम पूरा गर्न पालिकाको स्रोत र साधनले नपुग्ने भएकोले निजी क्षेत्रलाई पनि लगानी गर्न आग्रह गरे ।

सुनापति क्षेत्रमा उत्पादन भएका गलैंचा र थान्का बजारीकरणमा समस्या छ, कृषि उपजले बजार पाउन सकेको छैन, त्यसलाई सहयोगका लागि सरकारी र निजी क्षेत्रको सहयोग र भूमिका महत्वपूर्ण छ, अध्यक्ष तामाङले भने ।

उपाध्यक्ष गीता विष्टले स्वागत मन्तब्य राख्दै यस क्षेत्रका धार्मिक र पुरातात्विक महत्वका स्थलले पर्यटकलाई आकर्षित गर्ने बताइन् ।

सुनापतिलाई युद्ध पर्यटकीय पालिकाका रुपमा विकास गर्न र स्थानीय स्तरमाम उत्पादन भएका सामाग्रीको बजारीकरणका लायि पनि सबै क्षेत्रको सहयोगको अपेक्षा गरिन ।

प्रमुख अतिथि तामाङले पानसमा बत्ती वालेर उदरघाटन गरेको कार्यक्रम पालिकाका कार्यकारी प्रमुख श्यामकुमार श्रृष्ठले सञ्चालन गरेका थिए भने कार्यक्रम नेपाल पर्यटन बोर्डको सभाहलमा भएको थियो ।

कार्यक्रममा रामेछापबाट काठमाण्डूलाई कर्मथलो बनाएका बिभिन्न क्षेत्रका ब्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यो गाउँपालिका साबिकको पाँच गाउँ विकास समितिहरु गुन्सी, दिमीपोखरी, हिलेदेबी, बेथान र खनियापानी मिलेर बनेको हो ।

सुनापति डाडाँको नामबाट नै यस पालिकाको नामाकरण गरिएको हो । रामेछापमा सुनापति डाडाँको एक अलग पहिचान रहेको छ ।

हिन्दू र वौद्ध धर्मालम्वीहरुको धार्मिक र सांस्कृतिक केन्द्रविन्दू पनि हो ।

सुनापति डाडाँमा महादेवको मन्दिर र वौद्ध धर्मालम्वीहरुको करीव १०४ वर्ष पुरानो ऐतिहासिक माने छ्योर्तेन र १०८ वर्ष पुरानो लहरेमाने पनि छ जुन पुरातत्व विभागमा समेत सूचीकृत भइसकेको छ।

यसरी सुनापति एक धार्मिक एवं सांस्कृतिक विविधताले भरिपूर्ण एक पर्यटकीय गन्तव्य पनि हो ।

जटिल भौगोलिक धरातल र न्यून आन्तरिक आयकावीचमा पनि गाउँपालिकाको सवै क्षेत्रमा सडकको सहज पहुँच छ ।

स्थानीय तहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधहरू पालिका भित्रका ऐतिहासिक एवम धार्मिक स्थलहरूको पुनःनिर्माण, साथै संरक्षण प्रवर्धनका स्थानीय पालिका भित्रका पर्यटकीय पूर्वाधारको विकासका लागि पालिकाको वार्षिक कार्ययोजना बनाइ पुन: संरचना तथा विकासका लागि लागि परिरहेको छ ।

चिया विकास र विस्तार मार्फत कृषि र पर्यटन विकास गर्ने तथा कृषि वालि र फलफूल र पकेट र ब्लक स्थापना गरी कृषिलाई व्यवसायिक र आधुनिकीकरण गर्ने अभियानमा पालिका निरन्तर प्रयासरत रहेको छ ।

गाउँपालिकाको मौलिक संस्कृति, धार्मिक स्थल,पौराणिक सम्पदाहरू, पर्यावरणीय विविधता, र ऐतिहासिक स्थलहरूको प्रचार–प्रसार गर्न र स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गराउन रणनीतिक साझेदारी विस्तार गर्न कार्यक्रम आयोजना गरिएको जनाएइएको छ ।

सुनापतिका प्रमुख पर्यटन आकर्षणहरूमा सुनापति डाँडाबाट सूर्योदय र सूर्यास्त अवलोकन गर्न सकिन्छ ।

जहाँबाट जुगल लाङटाङ गौरीशंकर हिमश्रृखला र सगरमाथा कालिञ्चोकसम्म देख्न सकिन्छ।

पर्यटन पदमार्गहरूमा नेपालथोक लुभु, हिलेदेवी- सुनापति , शैलुङ्ग नेपालथोक- लुभु, डासे- सुनापति -शैलुङ्ग पदमार्ग रहेका छन् ।

मठ मन्दिर,गुम्बा स्तुपाहरूमा ऐतिहासिक १०८ लहरेमाने, सुनापति महादेव मन्दिर देवी मन्दिरहरू, बुद्धचक्र स्तुपा, स्थानीय मठ मन्दिर तथा पूजास्थलहरू रहेका छन् ।

स्थानीय स्तरमा उत्पादित सामाग्री प्रदर्शनीमा पनि राखिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close