
नेपाल इन्जिनियर्स एशोसिएशन (NEA) वीरगंज केन्द्रको बहुप्रतिक्षित निर्वाचन २०८२ साउन ३० गते हुने भएको छ। यसअघि कहिल्यै नदेखिएको एकता र उत्साहका साथ प्रस्तुत गठबन्धन प्यानल (CDEN, SEN, PEAN, NEON, SEAN, EJU) ले आज एक विशेष समारोहमार्फत आफ्ना ऐतिहासिक प्रतिबद्धता सार्वजनिक गर्दै इन्जिनियर समुदायका लागि नवीन सम्भावनाको बाटो खोलेको छ।
“निर्माण, नवप्रवर्तन र नेतृत्वको युग”गठबन्धन प्यानलले “हामी समर्पित छौं एकतामा, इमानदार छौं सेवामा, प्रतिबद्ध छौं परिवर्तनमा” भन्ने मूल नारासहित विकासको नयाँ दिशा तय गर्ने अठोट व्यक्त गरेको छ।
कार्यक्रमको अध्यक्षता ई. विनोद कुमार यादव (उपाध्यक्ष, NEA वीरगंज च्याप्टर) ले गरे। प्रमुख अतिथि ई. रवि भूषण झा (निवर्तमान केन्द्रीय महासचिव, NEA) रहेका थिए भने विशिष्ट अतिथि ई. संजय खेतान (संस्थापक अध्यक्ष, वीरगंज च्याप्टर) र ई. मनोज कुमार दास (अध्यक्ष, CDEN मधेस प्रदेश) रहेका थिए। कार्यक्रममा CDEN जिल्ला सचिव वेद प्रकाश पटेल, नेपाली कांग्रेस पर्साका सदस्य रामनिवास यादव, र नेपाल पत्रकार महासंघ पर्साका सदस्य राहुल गुप्ता समेतको उपस्थिति थियो।
गठबन्धन प्यानलका प्रमुख प्रतिबद्धता
गठबन्धन प्यानलले प्रस्तुत गरेको कार्ययोजना मधेसका इन्जिनियरहरूको दीर्घकालीन हितका लागि लक्षित छ। प्रमुख प्रतिबद्धता यसप्रकार छन्:
वीरगंज केन्द्रको नाममा रहेको जग्गामा अत्याधुनिक NEA भवनको निर्माण तुरुन्त प्रारम्भ
बेरोजगार तथा फ्रेशर इन्जिनियरहरूको डिजिटल डाटाबेस निर्माण र रोजगारी–इन्टर्नशिपको अवसर विस्तार
सरकारी, गैरसरकारी र निजी निकायहरूसँग सहकार्य गरेर NEA सिफारिसमार्फत इन्जिनियर नियुक्तिको पहल
भवन निर्माण सम्पन्न नहुनुन्जेल अस्थायी सम्पर्क कार्यालय स्थापना
Village Engineer Program सुरु गरी ग्रामीण क्षेत्रमा प्रविधि हस्तान्तरण र सुरक्षित संरचना निर्माणमा योगदान
अनलाइन करियर काउन्सिलिङ, बीमा, पेन्सन र स्वास्थ्य सुरक्षासहितको सामाजिक सुरक्षा योजना
वरिष्ठ इन्जिनियरहरूको अनुभव नयाँ पुस्तामा पुर्याउन मेन्टरिङ प्रणालीको स्थापना
मासिक ‘Talk Program’, सेमिनार र विदेशबाट फर्किएका इन्जिनियरका लागि विशेष मार्गदर्शन कार्यक्रम सञ्चालन
उम्मेदवारहरूको सूची
सभापति: ई. प्रियांशु कुमार गुप्ता
उपसभापति: ई. श्याम किशोर दास
सचिव: ई. मनिष प्रसाद केशरी
कोषाध्यक्ष: ई. इकबाल हुसैन
सदस्यहरू: ई. रवि कुमार पटेल, ई. रुपेश कुमार चौरसिया, ई. राज गिरि, ई. कृष्ण सर्राफ, ई. राम सेन कुमार यादव
गठबन्धन प्यानलले निर्वाचन जितेपछि NEA वीरगंज च्याप्टरलाई सशक्त, पारदर्शी र परिणाममुखी संस्थाका रूपमा स्थापित गर्ने संकल्प व्यक्त गरेको छ। युवा र अनुभवी इन्जिनियरहरूको साझा नेतृत्वले यो निर्वाचन इन्जिनियर समुदायको लागि परिवर्तनको महत्वपूर्ण अवसर हुने विश्वास गरिएको छ।