नेपाली कांग्रेसको महाधिवेशन लक्षित भेटघाटमा पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्यको विशेष भूमिका

नेपाली कांग्रेसको महाधिवेशन लक्षित भेटघाटमा पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्यको विशेष भूमिका

नेपाली कांग्रेस सिराहा जिल्लामा आज सम्पन्न १५औँ महाधिवेशन लक्षित महत्वपूर्ण राजनीतिक भेटघाट संविधानसभा सदस्य तथा पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्यको केंद्रित उपस्थितिसहित सम्पन्न भयो। सभापति रामचन्द्र यादवको अध्यक्षतामा बसेको उक्त भेलामा अमात्य प्रमुख अतिथिका रूपमा उपस्थित रहे र पार्टी सुदृढीकरण तथा आगामी महाधिवेशनमा सिराहाको सक्रिय भूमिकाबारे महत्वपूर्ण अभिव्यक्ति दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अमात्यले संगठन विस्तार, युवा परिचालन र आन्तरिक एकतालाई नेपाली कांग्रेसको मूल आधार भएको बताउँदै सिराहाले आगामी महाधिवेशनमा निर्णायक योगदान दिने विश्वास व्यक्त गरे। उनका शब्दमा, “संगठनभित्रको समन्वय र नयाँ नेतृत्व विकास नै कांग्रेसलाई आगामी राजनीतिक प्रतिस्पर्धामा सक्षम बनाउने प्रमुख आधार हो।”

कार्यक्रममा सर्लाहीका पूर्व सभापति लक्ष्मण राय तथा कोशी प्रदेशकी पूर्व अर्थराज्यमन्त्री इन्दिरा थापा विशेष अतिथि रूपमा सहभागी थिए। साथै कांग्रेस बाराका उपसभापति मनोज भट, पर्साका युवा नेता शम्भु चौहान, विजय कर्ण, रोशन लामिछाने, सन्तोष गुप्ता, सञ्जय चतुरवेदी, मनोज साह सहित वरिष्ठ नेता राजनाथ ठाकुर, विजय उपाध्याय, प्रमोद कुशवाहा आदिको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

नेताहरूले पार्टीलाई सबै तहमा सुदृढ बनाउँदै १५औँ महाधिवेशन सफल बनाउन एकमत प्रतिबद्धता व्यक्त गरे। अमात्यको सक्रिय उपस्थितिले कार्यक्रममा उत्साह थपिएको र नेताहरूबीच एकता अभिवृद्धि भएको सहभागीहरूको भनाइ रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close