पर्सा–१ मा काँग्रेस उम्मेदवार जिताउने जिम्मा लामिछानेलाई, नेविसंघले बनायो निर्वाचन परिचालन समिति

पर्सा–१ मा काँग्रेस उम्मेदवार जिताउने जिम्मा सुरेन्द्र लामिछानेलाई, नेविसंघले बनायो निर्वाचन परिचालन समिति

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यालयले आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै निर्वाचन परिचालन समिति गठन गरेको छ। नेपाल विद्यार्थी संघको विधान २०२७ (छैटौं संशोधन २०७५) को धारा १२ (५) बमोजिम नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउने उद्देश्यका साथ देशभरका १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरूमा संघको प्रभावकारी परिचालन गर्ने निर्णय गरिएको हो।

यसै सन्दर्भमा, पर्सा क्षेत्र नं. १ मा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउन सुरेन्द्र लामिछानेको नाम संयोजकका रूपमा सिफारिस गरिएको छ। केन्द्रिय कार्यालयको निर्णयअनुसार उहाँको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको हो।

केन्द्रिय कार्यालयले जारी गरेको सूचनाअनुसार, निर्वाचनलाई व्यवस्थित, प्रभावकारी तथा परिणाममुखी बनाउन सम्बन्धित क्षेत्रका आवश्यकता अनुसार संयोजकहरूले उपसमिति गठन गर्न सक्ने व्यवस्था गरिएको छ। नेपाल विद्यार्थी संघले यस अभियानमार्फत संगठनलाई सक्रिय बनाउँदै काँग्रेसका उम्मेदवारको पक्षमा सशक्त भूमिका निर्वाह गर्ने विश्वास लिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close