वातावरणीय तथा सामाजिक सेवामा योगदानका लागि डा. अरुण कुमार गुप्तालाई अन्तर्राष्ट्रिय मानार्थ विद्यावारिधि

वातावरणीय तथा सामाजिक सेवामा योगदानका लागि डा. अरुण कुमार गुप्तालाई अन्तर्राष्ट्रिय मानार्थ विद्यावारिधि

रक्सौल। वातावरण संरक्षण, सामाजिक सद्भाव र शिक्षाको क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै रक्सौलका वातावरणविद् तथा सामाजिक अभियन्ता डा. अरुण कुमार गुप्तालाई पेरुस्थित अन्तर्राष्ट्रिय संस्था World Federation of the Arts, Literature, Education, Peace and Culture (FEMALPC) ले मानार्थ विद्यावारिधि (Honorary Doctorate) प्रदान गरेको छ।

संस्थाले समावेशीकरण, शान्ति, शिक्षा, वातावरण संरक्षण तथा मानवीय मूल्यको प्रवर्द्धनमा उहाँले पुर्‍याएको निरन्तर योगदानको सम्मानस्वरूप उक्त उपाधि प्रदान गरेको जनाएको छ। प्रशंसापत्रमा डा. गुप्ताको सामाजिक उत्तरदायित्व, वातावरण संरक्षणप्रतिको समर्पण र मानव सेवाप्रतिको प्रतिबद्धताको उच्च मूल्यांकन गरिएको छ।

सम्मान ग्रहणपछि डा. गुप्ताले यो उपलब्धि आफ्नो व्यक्तिगत सम्मान मात्र नभई वातावरणीय संरक्षण र सामाजिक सेवामा समर्पित सम्पूर्ण सहकर्मी, स्वयंसेवक र शुभेच्छुकहरूको साझा सम्मान भएको बताए। उनले यसको श्रेय आफ्ना अभिभावक, गुरु, परिवार, साथीभाइ तथा निरुजा ग्रिन इन्डिया फेमिली फाउन्डेसनका सदस्य र सहयोगीहरूलाई दिए।

उनले वातावरण संरक्षण मानव अस्तित्वकै आधार भएको उल्लेख गर्दै प्रत्येक नागरिकले वृक्षारोपण, जल संरक्षण, सरसफाइ र प्लास्टिकमुक्त जीवनशैली अपनाए भावी पुस्ताका लागि सुरक्षित र स्वस्थ वातावरण निर्माण गर्न सकिने बताए।

डा. गुप्ताले FEMALPC का संस्थापक, पदाधिकारी तथा निर्णायक मण्डलप्रति आभार व्यक्त गर्दै यस सम्मानले समाज, शिक्षा र वातावरण संरक्षणको क्षेत्रमा अझ समर्पित भएर काम गर्न प्रेरणा मिलेको बताए। साथै उनले सबै नागरिकलाई हरित, स्वच्छ र वातावरणमैत्री समाज निर्माणमा सक्रिय हुन आह्वान गरे।

यस उपलब्धिप्रति रजनीश प्रियदर्शी, बिमल सर्राफआलोक श्रीवास्तव लगायतले डा. गुप्तालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close