८७ अंकसहित मधेश प्रदेशमै पहिलो बन्यो वीरगञ्जको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय

बारा ६१ अंकसहित दोस्रो र सिरहा ५१ अंकसहित तेस्रो स्थानमा

जनकपुरधाम। मधेश प्रदेशको प्रादेशिकस्तरीय वार्षिक समीक्षा गोष्ठीमा पर्साको वीरगञ्जस्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले ८७ अंक प्राप्त गर्दै प्रदेशमै पहिलो स्थान हासिल गरेको छ।

आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा गरिएको मूल्याङ्कनका आधारमा चिकित्सालयले उत्कृष्ट नतिजा ल्याउँदै पहिलो स्थान हासिल गरेको हो।

त्यसैगरी, ६१ अंक प्राप्त गर्दै बारा दोस्रो र ५१ अंकसहित सिरहा जिल्ला तेस्रो स्थानमा परेको छ।

पहिलो स्थान हासिल गरेको अवसरमा प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, वीरगञ्जका प्रमुख डा. शिवनारायण गुप्ता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मधेश प्रदेशका स्वास्थ्य सचिव डा. प्रमोदकुमार यादवबाट सम्मानित भएका छन्।

मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको आयोजनामा जनकपुरधामस्थित होटल पौवामा सञ्चालित प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा उक्त नतिजा सार्वजनिक गरिएको हो।

प्रदेशभरका स्वास्थ्य संस्थाहरूको कार्यसम्पादन, स्वास्थ्य कार्यक्रमको प्रभावकारिता तथा सेवा प्रवाहको समीक्षाका क्रममा वीरगञ्जस्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान प्राप्त गरेको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close