
पुल भत्काउन आएका भारतीयलाई ठोरीवासीले लखेटे
पोखरिया १५ जेेेष्ठ
पर्सा जिल्लाको सिमावर्ती ठोरीमा रहेको ठुटे खोलाको बाटो सञ्चालनमा अाउने बितिकै त्यो पुल भत्काउन आएका भारतीयलाई स्थानीय हरु ले अाज लखेटेका छन् ।पुल सञ्चालन गरेको १ दिन नबित्दै भारतीय सुरक्षाकर्मीसहित आएका भारतीय नागरिकले पुलको पूर्व तर्फ पुरेको भाग भत्काउन लागेपछि ठोरीवासीले उनीहरुलाई लखेटिदिएका हुन् ।
निर्माण सम्पन्न भएको ३ बर्ष पछि बुधबारबाट सञ्चालनमा ल्याइएको पुलको पूर्व पट्टीको भाग भारतिय पक्षले भत्काईदिएपछि सो क्षेत्र केही बेर तनावपुर्ण बनेको थियो ।पुलको पुर्वपट्टी कुलोको लागि २ वटा कल्भर्ट राखिएको भएपनि भारतिय पक्षले ३ वटा कल्भर्ट राख्नुपर्ने भन्दै नेपाली भुमिमा प्रवेश गरेर भत्काउन लागेका थिए भारतीय एसएसबी,बिहार प्रहरी र स्थानिय हरु को समूह ले आएर पुल सञ्चालनमा अवरोध गर्न पूर्व पट्टी पुरिएको भाग भत्काउन लागेको थाहा पाएपछि त्याँहाका स्थानिबासी आएर प्रतिकार गरेका थिए ।
विरोधको क्रममा केही वेर भारतिय सुरक्षाकर्मीसँग भनाभन भएको थियो । बुधवारबाट सञ्चालनमा ल्याइएको पुलले अब दुई गाउँका बासिन्दालाई वारपार गर्न सहज पुग्ने भन्दै खुशी भएका स्थानियहरुमा बिहीबारको घटनाले दुखी बनाएको छ ।
स्थानीयको प्रतिकार पछि भारतीय सुरक्षाकर्मीसहित आएका भारतीयहरु भागेको ठोरी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष सूर्य लामाले जानकारी दिए ।भारतिय हरु ले कुलो बनाएर भारत ठोरी को ठुठेखोला बाट भारत तरफ पानी लगिरहेको मा भारतिय हरु ले बल जबर्जस्ती डेम बनाएर तीन वटा कुलो बाट पानी लगने खोजीरहेको ले ठोरी का जनता हरु दुईवटा बाट लगनु भन्दा बल जबर्जस्ती गरेर बनाईएको कुलो भारतिय हरु ले भतकाए पछी बिबाद उतपन भएको स्थानिय ललितबस्नेत ले जनाएका छन।