रौतहट सामुहिक हत्याकाण्डमा संलग्न साह पक्राउ

रौतहट बम बिस्फोट तथा सामुहिक हत्याकाण्डमा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार बाराको सिम्रौनगढ नगरपालिका-४ बाट प्रहरीले ५५ वर्षीय मुक्ति साहलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिए।

‘उनी यो हत्याकाण्डमा सहयोग गर्ने एक अभियुक्त हुन्,’ उनले भने,’पहिले उनी त्यहीको इँटा भट्टामा काम गर्थे।’

यस घटनाका मुख्य अभियुक्त नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमलाई पहिले नै पक्राउ गरी अदालतले पुर्पक्षका लागि जेल चलान गरिसकेको छ।

गत जेठ ८ गते अफताब आलमका भाइ महताब आलम घर आएको सूचना पाएपछि प्रहरीले मध्यरातमै छापा मारेको थियो। तर प्रहरीले उनलाई फेला पारेनन्।

निर्मम तरिकाले हत्या गरेको अभियोग लागेकामा आलमसहित उनका भाइ महताब अफताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज भन्ने शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साह छन्।

अफताब आलम र मुक्ति साह बाहेक अरू सबै फरार छन्।setopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close