
जेठ ,२६,चितवन
एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टी भएपछि भोलि (मंगलबार) देखि लकडाउनमा कडाई गरिने भएको छ । चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा आज (सोमबार) कुल ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसरी अकस्मात धेरै संक्रमण देखिएपछि लकडाउनमा थप कडाई गर्न लागिएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका अनुसार ठुलो संख्यामा वृद्धि भएकाले भोलिदेखी लकडाउनमा थप कडाई गर्न लागिएको हो । भोलिदेखि सवारी संचालन र पसल खोल्नमा थप कडाई गरिने छ ।
अत्याबश्यकका सबारी तथा खाद्यान्न का पसलहरु र पासबाहक सबारी साधन लाई मात्र संचालन गरीने र अन्य हरेक गतिबिधीलाई कडाई गरीने भएकाले लकडाउनको पालना गरेर प्रशासनको कोरोना बिरुद्धको लडाईमा सहयोग गर्न समेत भट्टराईले आग्रह गर्नुभएको छ । kalikanews
आफ्नो प्रतिक्रिया दिनुहोस




