बुधबार कुवेत, यूएई र अस्ट्रेलियाबाट समस्यामा परेका नेपाली ल्याउने निर्णय

काठमाण्डौ – विदेशमा समस्या भोगेका नेपालीलाई घर फर्काउने सरकारको निर्णयअनुसार बुधबार यूएई, कुवेत र अस्ट्रेलियाबाट नेपाली आउने भएका छन् ।

कोभिड १९ क्राइसिस म्यानेजमेण्ट कमिटी (सीसीएमसी)ले बुधबार कुवेत, यूएई र अस्ट्रेलियाबाट समस्यामा परेका नेपालीलाई ल्याउने निर्णय गरेको हो । अस्ट्रेलियाबाट ११ जना नेपाली आउने निश्चित भए पनि कुवेत र यूएईबाट कति र को को आउने भन्नेबारे छलफल भइरहेको छ ।

दुई देशबाट फर्काइने नेपालीको सूचीबारे भने टुङ्गो लाग्न बाँकी रहेको छ । कुवेतबाट एक र यूएईबाट एक जहाज नेपाली लिएर आउनेछन् । यूएईमा रहेको नेपाली दूतावासले ४१० जनाको सूची पठाए पनि त्यसमा केही तलमाथि हुन सक्नेछ ।

कुवेतबाट भने आममाफीमा सहभागी भएका नेपालीको स्वदेश फिर्तीलाई पहिलो प्राथमिकतामा राखिएको छ । उनीहरुलाई कुवेत सरकारले नै कोरोना जाँचसहित आफ्नै जहाजमार्फत निःशुल्क विमानस्थलसम्म ल्याइदिने कुवेतमा रहेको नेपाली दूतवासले जनाएको छ । दूतावासले २ हजार ९१ जनाको सूची परराष्ट्रमा पठाएको छ । त्यही सूची परराष्ट्रले सीसीएमसीलाई उपलब्ध गराएको छ ।

यूएईबाट घर फर्कने इच्छासहित त्यहाँ रहेको नेपाली दूतावासमा १८ हजारभन्दा धेरैले आफ्नो विवरण टिपाएका छन् भने कुवेतबाट आममाफीमा सहभागी भएकासहित गरेर पाँच हजारदेखि ८ हजारसम्म हुनसक्ने त्यहाँ रहेको नेपाली दूतावासको अनुमान छ । विभिन्न ३० देशमा रहेका नेपाली दूतावासले तत्काल नेपाल फर्काउन पर्ने २४ हजार १४८ जनाको सूची परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएका छन् ।ujyaaloonline

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close