
पंखा जोड्दा धोबिनि गापामा एकजनाको करेन्ट लागेर मृत्यु
राजन कुमार बानिया
धोबिनि २७ जेठ
पर्सामा करेन्ट लागेर एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको धोविनी गाउँपालिका–३ हरिहरपुरका ४० वर्षीय शम्भु पटेल रहेका छन।
सोमबार राति गर्मीमा राहत पाउन घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले जानकारी दिए ।
शवलाई परीक्षणका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस




