दिनदहाडै पाटन अस्पतालको आईसीयू वार्डबाट अल्ट्रा साउन्ड मेसिन चोरी

काठमाडौं – ललितपुरको लगनखेलस्थित पाटन अस्पतालबाट दिनदहाडै अल्ट्रा साउन्ड  मेसिनका पार्टपुर्जाहरु चोरी भएको छ।

अल्ट्रा साउन्ड मेसिन बनाउन कम्पनीबाट आएको भन्दै मंगलबार दुई युवकले आईसीयू वार्डमा रहेको पोर्टेबल अल्ट्रा साउन्ड मेसिनका सामानहरु चोरेको प्रहरीले दावि गरेको छ। प्रहरीले सर्लाहीका ३६ वर्षीय प्रविन मिश्र र महोत्तरीका २० वर्षीय रमेशकुमार शर्मालाई पक्राउ गरेको छ।

अल्ट्रा साउन्ड मेसिनबाट हराएका पार्ट पुर्जा पनि उनिहरुको साथबाट बरामद भएको प्रहरीले जनाएको छ। पोर्टेबल अल्ट्रा साउन्ड मेसिनको मुल्य २० लाख ७९ हजार ८ सय ७ रुपैयाँ पर्छ। पक्राउ परेका दुवै जनालाई अदालतबाट पाँच दिनको समय लिएर अनुसन्धान अगाडि बढाइएको छ। पक्राउ परेकामध्ये प्रबिन चिकित्सक र रमेश अहेब रहेको प्रहरीले जनाएको छ।deshsanchar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close