१२५ केजि अवैध लागु औषध गाँजा सहित ३ जना पक्राउ ।

बारा, असार १२ गते शुक्रबार ।

अवैध लागू औषध गाँजा ओसार पसार भइरहेको भन्ने विशेष सूचना प्राप्त भएको आधारमा मिति २०७७/०३/१२ गते बिहान अं.०१.१५ बजेको समयमा प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा करैयामाई गाउँपालिका वडा नं.३ स्थित बुलेट इँट्टा उद्योगमा पुग्दा तपसिलमा उल्लेखित व्यक्तिहरूले चितवन जिल्लाको लोथरबाट ना ७ ख ४२५२ नम्बरको ट्रकमा बोकी ल्याएको अवैध लागु औषध गाँजाका पोकाहरू ट्रकबाट झारी लुकाई छिपाई राख्ने उदेश्यले भट्टाको म्यान (इँट्टा पोल्ने स्थान) भित्र लगिरहेको अवस्थामा फेला पारी ट्रक समेतको तलासी गर्ने क्रममा ९ वटा बोरा भित्र (१२५ किलो ग्राम) अवैध लागु औषध गाँजा फेला परेकाले उक्त अवैध लागु औषध गाँजा ओसार पसारमा प्रयोग भएको ना ७ ख ४२५२ नम्बरको ट्रक तथा प्र.न.२-०३-००१ प – ९४१ नम्बरको मोटरसाइकल समेत बरामद गरी संलग्न व्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।
पक्राउ व्यक्तिहरू
१. जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.१७ ब्रह्मपुरी टोल बस्ने रामकृत राउत अहिरको छोरा ना ७ ख ४२५२ नं. को ट्रक चालक वर्ष २५ को सुवोध प्रसाद यादव ।
२. जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं. ९ घर भई हाल जिल्ला बारा करैयामाई गाउँपालिका वडा नं.४ लौतन टोल बस्ने महमद देवानको छोरा वर्ष ६२ समसुलहक देवान ।
३. जिल्ला चितवन राप्ती नगरपालिका वडा नं.७ बस्ने सुब बहादुर राईको छोरा वर्ष ४५ को लक्ष्मी बहादुर राई ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close