५ लाख मुल्य बराबरको भन्सार छलीका कपडा सहित ४ जना मानिस पक्राउ ।

५ लाख मुल्य बराबरको भन्सार छलीका कपडा सहित ४ जना मानिस पक्राउ ।

बारा, असार २३ गते मंगलवार ।

प्राप्त सूचनाको आधारमा आज मंगलवार बिहान अं.०७:०० बजे जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.१२ शितलपुर टोल स्थित सडक खण्डमा ऐ.ऐ. वडा नं. २० बस्ने वर्ष ४१ को रफिक अंसारी र ऐ.ऐ.बस्ने वर्ष २२ को रिजवान मन्सुरी, ना.२ ह.३३६३ नम्बरको अटो चालक ऐ.ऐ. बस्ने वर्ष ४१ को जंगीलाल साह र ना.२ ह ५४४० नम्बरको अटो चालक ऐ.ऐ. बस्ने वर्ष २२ को जोखु पसवान समेतलाई ना.२ ह ३३६३ र ना.२ ह ५४४० नं. को अटोमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको अं.मुल्य रू.५,०८,८७०।- बराबरको थान कपडा सहित फेला पारी रितपुर्वक बरामद गरी बरामद कपडा सहित पक्राउ परेका निज रफिक अंसारी, रिजवान मन्सुरी, जंगीलाल साह र जोखु पसवान समेतलाई बरामद कपडा तथा अटो सहित भन्सार ऐन अनुसार आवश्यक कार्वाहीको लागि मुल भन्सार कार्यालय बिरगंज पर्सामा पठाइएको बारा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close