तिलावे खोलामा बेपत्ता भएकाे बालकको शव बरामद

राजन बानिया
पोखरिया ३१ असाढ
पर्साको बिरगंज पोखरिया सडक खण्ड मा पर्ने बिन्दबासनी तिलावे खोलामा नुहाउने क्रममा बेपत्ता भएका बालकको अाज बिहान शव भेटिएको छ ।

बेपत्ता बालक वीरगन्ज महानगरपालिका वार्ड नं १९ बिन्दवासिनी गाउँ निवासी मुकेश साह कलवार को १२ वर्षीय छोरा सुमित कुमार कलवारको मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जनाए का छन।

मंगलबार दिउँसो २ बजे करिब ४ जना साथीहरूसँगै नुहाउन गएका बालक हरु ले नुहाउने क्रममा तिलावे पुल बाट हाम फाले पछी तिन जना ले खोला बाट बाहिर निसकेको र सुमित खोलामा डुबेर बेपत्ता भएका थिए । बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना,र स्थानिय हरु को टोलीले खाेजी कार्य सुरु गरेकाे थियाे ।बालक को शव बुधबार बिहान डेढ सय मिटर दुरी मा फेला परेको प्रहरी ले जनाए का छन।

मृत्क का शव लाई पोस्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएको प्रहरी ले जनाए का छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close