
बिरगंज , साउन ०१ गते बिहीबार ।
भारतीय नंम्बरको स्कारपियो तथा बोलेरो गाडीहरु चोरी पैठारी गरी पर्सा जिल्लाको ग्रामीण वडा एरियाहरुमा चलाई रहेको छन् भन्ने विशेष सुचना प्राप्त भई जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा जिल्ला पर्सा बीरगंज म.न.पा. वडा नं. ११ श्रीपुर स्थित सडक खण्डमा भारतीय नम्बर BR05PA6151, BR01PC7895 को स्कारपियो थान-२ BR05PA1091सुमो गोल्ड थान-१ र BR30S4701 नम्बरको बोलेरो गाडी थान-१ गरी अ.मू.रु.५४,००,०००।– (चौवन लाख) बराबरको गाडी थान-४ फेला पारेको र सो गाडी सम्बन्धी वरपर सोधपुछ गर्दा कोही कसैले हक दाबी नगरेकोले बरामद गरी प्रहरी कार्यालयमा ल्याई राखिएकोमा हाल सम्म कोही कसैले पनि उक्त सवारी साधनसँग सम्बन्धित आवश्यक कागजात सहित यस कार्यालयमा सम्पर्क राख्न नआएको हुँदा आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा पठाईएको पर्सा प्रहरीले जनाएको छ ।




