सशस्त्र प्रहरी निरीक्षक तामाङको कडा एक्सन, ९ वटा भैसी बरामद

राजन कुमार बानिया
पोखरिया ३ भदौ
सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिखमपुर ले भारतबाट भंसार छली नेपालतर्फ ल्याईरहेको अवस्थामा ९ वटा भैसी बरामद गरेको छ । सशस्त्र प्रहरी निरिक्षक किसमान तामाङ को नेतृत्वमा खटेको गस्ती टोलीले गयराती पाँन्डेपुर प्रहरी चौकी नजिकैबाट सशस्त्र प्रहरी अन्दाजी २ लाख २२ हजार मुल्य बराबरको ९ वटा भैंसी बरामद गरिएको हो ।

बरामद गरेको भैसीहरुलाई आवश्यक कार्यावाहीका लागी बीरगन्ज भन्सार पठाउने तयारी भैइरहेको सशस्त्र प्रहरी निरीक्षक तामाङले बताए। त्यसै गरी हिजो सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिखमपुर का सशस्त्र प्रहरी निरिक्षक किसमान तामाङ ले हिजो लागु अौषध २० किलो चरेस बरामद गरि ईलाका प्रहरी कार्यालय पोखरिया मा बुझाएका छन ।अहिले न्या अाउनु भएका सशस्त्र प्रहरी निरिक्षक तामाङ ले तस्करी रोकन तादरुकता देखाएका छन।सिमानाका मा ब्यापक कडाई का साथ निगरानी बढाएका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close