लागू औषध सहित एक जना पक्राउ

राजन कुमार बानिया
पोखरिया १७ भदौ
प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले वीरगंज ११ राधेमाई टोल स्थित डेरा गरी बस्दै आएका उदयपुरको कटारी नगरपालिका ६ बस्ने ३८ बर्षका जित बहादुर कार्कीलाई पक्राउ गरेको हो ।

आफ्नो डेरा बाट लागू औषध कारोबार गरि रहेको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनको डेराबाट प्रहरीले लागु औषध विनसिरेक्स ७२ बोत्तल र नाईट्राभेट ट्याब्लेट १ सय ५ पिस बरामद गरेको छ ।
लागू औषध सहित पक्राउ परेका कार्कीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close