
राजन कुमार बानिया
पोखरिया २२ भदौ
सशस्त्र प्रहरीबल बोर्डर अाउट पोस्ट भिस्वा बंजारी ले अाज पर्साको सिमावर्ती छिपहरमाई गाउँपालिका वार्ड ४ बर्वा गाउँ को नजिक बाट १० किलो गाईको मासु र भारतिय मोटर साइकल बरामद गरेका छन।सशस्त्र प्रहरी निरिक्षक संजिप बानिया को नेतृत्व मा रहेको टोली ले बरामद गरेका छन।जगरनाथपुर गाउँ बाट मोटरसाइकल लगिरहेको अवस्थामा चेकजाँच गरिरहेको टोली ले मोटरसाइकल मा लोड रहेको गाई को मासु मोटरसाईकल समेत बरामद गरेका छन। मोटरसाइकल छोडेर तस्कर फरार भएको प्रहरी ले जनाए को छ। बरामद गरिएको मोटरसाइकल नं बिअार २२ एफ ४७२१ नम्बर को भारतिय नं को मोटरसाइकल र गाई को मासु ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको प्रहरीले जनाएका छन।
आफ्नो प्रतिक्रिया दिनुहोस




