
खेम राज खनाल भदौं २५ चापागाउँ
आज भदौं २५ गतेका दिन जिल्ला ललितपुर कोञ्जयोसोम गा.पा. वडा नं.- ४ नल्लु स्थित ढुङ्गे सामुदायिक वन उपभोक्ता समूहको जंगलको डोलमा एकिन, नामथर, उमेर, वतन र लिङ्ग समेत नखुलेको शरीरको माथिल्लो भागमा निलो रंगको स्वीटर, सेतो रंगको सर्ट, बैजनी रंगको भेष्ट र तल्लो भागमा कालो रंगको ट्राउजर लगाएको मानिसको सडिगलि सकेको अवस्थामा हड्कि (कंकाल) फेला परेको र हुँदा कोही कसैले चिन्नु हुन्छ भने महानगरीय प्रहरी प्रभाग चापागाउँ कार्यालयमा सम्पर्क राख्न पठाई दिनु होला ।
आफ्नो प्रतिक्रिया दिनुहोस




