बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साद्वारा बजार अनुगमन , चार पसललाई उपभोक्ता एेन , २०७५ को दफा ३८ बमोजिम जरिवाना ।

बिरगंज , भदौ २६ गते शुक्रबार ।

वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण कार्यालय पर्साको निमित कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रसाशन कार्यालय पर्सा , जिल्ला प्रहरी कार्यालय र उधोग वाणिज्य सघ पर्साको संयुक्त टोलीले बिरगंज बजार अनुगमन गर्दा उपभोत्ता संरक्षण ऐन, 2075 को दफा 38 बमोजिम कसुर गरेको पाएकोले सोही ऐन को दफा 39 बमोजिम देहायका पसललाई जरिवाना गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय बिरगंजका नायब सुब्बा एवं सुचना अधिकृत दिलिप खगले प्रहार डेलीलाई जानकारी गराएका थिए ।

शान्ति जेनेरल स्टोर्स ,वीरगन्ज -६ माईस्थान स्थित पसलले मूल्य सूची (M R P) न राखेर बिक्री वितरण गरेको ले रू ५०,०००/- पचास हजार ,खेम सती जेनेरल सप्लाइयर्स पानी टंकीले खरिद बिल न देखाएकोले रु १०,०००/- दस हजार , तारा कस्मेटिक जेनरल स्टोर्स , वीरगन्ज १७ भेढिहारिले खरिद बिल न देखाएको ले रु. ५,०००/- पाच हजार र जरिवाना गरिएको थियो ।

अहिलेको अवस्था मूल्यवृद्धि तथा कालो बजारी गर्ने जो सुकै लाई कडा भन्दा कडा कारबाही हुनेछ । तसर्थ कालोबजारी न गर्दिन हुनका लागि अनुरोध गर्दछु भनी सूचना अधिकारी दिलिप खंग खत्वेले समेत जानकारी गराउनु भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close