सन्युक्त बजार अनुगमन टोलिद्वारा दोस्रो दिन पनि बिरगंज बजार अनुगमन , उपभोक्ता एेन २०७५ अनुसार दुई पसललाई ७० हजार जरिवाना ।

बिरगंज , असोज २६ गते सोमबार ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीम कान्त पौडेल ज्यूको नेतृत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित कार्यालय प्रमुख जित बहादुर भण्डारी, सुचना अधिकारी दिलिप खङ्ग , खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साका कार्यालय प्रमुख बिक्की राउत, , उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर कमिटी अध्यक्ष अजित कुमार भुजेल , कन्जुमर आई नेपाल पर्साका रन्जु फुयाल , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी , बिरगंज उधोग वाणिज्य संघका मनोज कुमार दास समेतको सन्युक्त टोलीले सोमबार दोस्रो दिन पनि बिरगंज बजार अनुगमन गरेको थियो ।

आज महाबिर चौक , आदर्शनगर चौक , अलखिया चौक गरि ७ वटा पसलमा अनुगमन गरेकोमा देहायका फर्म लाई उपभोक्ता ऐन २०७५ अनुसार तत्काल जरिवाना समेत गरिएको थियो ।

१) पशुपति स्पाईसेस एण्ड फुड रिपेकिँग,वीरगञ्ज-५ पर्सा स्थितले मूल्य अंकित नगरी बिक्री वितरण गरेको ले रु ५०, ०००/- (पचास हजार ) जरिवाना गरिएको हो।
२)प्रदीप जैन स्टोर्स, वीरगञ्ज ४ स्थित फर्मले खरिद बिल नदेखाएकोले रु २०,०००/- (बीस हजार) तत्काल जरिवाना गरिएको छ ।

त्यसैगरी महाबिर मन्दिर चौक स्थित अनमोल स्वीटसमा अनुगमन गर्ने क्रममा किचेन र भन्डारन सरसफाइ नपाईएकोले सरसफाइमा ध्यान दिन निर्देशन दिएको थियो भने आदर्शनगर चौक नीर रहेको न्यु बिकानेर स्वीट होममा पनि किचेन र स्टोर फोहोर रहेकोले सरसफाइ गर्नु पर्ने जनाएका थिए ।

आदर्शनगरस्थित प्रेम स्टोर र पशुपति भन्डारलाई प्याकेजिङ्ग गर्ने अनुज्ञापत्र बिना प्याकिङ्ग गरि बिक्री गर्ने गरेकोले ७ दिन भित्र प्याकेजिङ्ग गर्ने अनुमतिपत्र लिई सक्नु पर्ने नत्र कार्वाही गर्ने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी गराउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close