
काठमाडौं , बुढानिलकन्ठ , कार्तिक ०५ गते बुधबार ।
काठमाण्डौ जिल्ला बूढानीलकण्ठ न.पा. वडा नं. ३ निलोपुल स्थित घरमा जुवा तास खेली रहेको भन्ने प्राप्त खवरको आधारमा मंगलवार राति अन्दाजी ११:४५ बजे महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटीगएको टोलीले तास खेली रहेको अवस्थामा ५ जनालाई फेला पारी नगद रु १,४३,४५०।–(एक लाख त्रिचालिस हजार चार सय पचास रुपैया मात्र), खेलमा प्रयोग गरेको १० बुङ तास सहित नियन्त्रणमा लिई थप कारबाहीको लागी तालुक मनप्र बृत्त महाराजगंज पठाईएको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




