
अजित भुजेल
बिरगंज , कार्तिक ०९ गते आइतबार ।
नारायणी अस्पताल बिरगंजमा कार्यरत वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. पन्नालाल प्रसाद पटेलको आज १३औं दिनको पुन्यतिथिको अवसरमा कुर्मी सशक्तीकरण मञ्च पर्साले श्रर्दान्जली सभा कार्यक्रमको आयोजना गरेको थियो ।
नेपाल चिकित्सक संघका आजिवन सदस्य समेत रहनु भएको स्वर्गिय डा. पन्नालाल प्रसाद पटेलको उपचारको क्रममा डिल्लीमा यहि असोज २५ गते निधन भएको थियो ।
२०३४ साल बैशाख ४ गते पर्सा जिल्ला बिरगंज महानग्पालिका वडा न.१८ भवानीपुरमा जन्मिनु भएको थियो ।४४ बर्षको अल्पायु उमेरमा उहाको निधनले भवानिपुरवासी तथा आफन्त र सुभ चिन्तकहरु सोखमा डुबेका थिए ।
स्व. डा. पन्नालाल प्रसाद पटेल अति मिलनसार स्वभाव र अति सहयोगी मनका धनी उपचारमा अहोरात्र जस्तो सुकै परिस्थितिमा पनि कहिलै बिचलित र नाई नभनी निसुल्क उपचार र निसुल्क औंषधि समेत बितरण गर्दै आईरहनु भएको डाक्टर पटेलको आइतबार उहाकै निबास भवानीपुरमा कुर्मी सशक्तीकरण मञ्च पर्साले आयोजना गरेको श्रर्दान्जली सभा कार्यक्रममा मञ्चका अध्यक्ष बिशेस्वर प्रसाद पटेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सो भवानिपुर वडाका वडा अध्यक्ष ब्रह्मदेव प्रसाद कुर्मी , नेपाली काङ्ग्रेसका नेता रामनारायण कुर्मी , कुर्मी सेवा सदन पर्सा बिरगंजका अध्यक्ष सुरेन्द्र प्रसाद कुर्मी , हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेल , मानव अधिका र समाजका केन्द्रिय कोषाध्यक्ष बद्री यादव , सिद्धार्थ मेडिकल हालका सन्चालक सोनालाल पटेल , कुर्मी सशक्तीकरण मञ्च पर्साका वरिष्ठ उपाध्यक्ष राजेश पटेल , सचिव अनुराग पटेल , कोषाध्यक्ष पन्नालाल पटेल , सदस्यहरु , पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभासदस्य माननीय प्रदीप यादब , डा. अजित कुमार साह , डा. रामकिशोर सिंह , डा. शास्वत प्रसाद लगायत सन्चारकर्मी , औषधि पसलका सन्चालकहरु ,ल्याब सन्चालकहरुको सहभागिता रहेको थियो ।
स्व . डा. पन्नालाल प्रसाद पटेलका श्रीमती एक छोरा र एक छोरी रहेका छन ।




