
बहुमूल्य नागमणि भन्दै दाङ घोराहीका एक व्यक्तिबाट झन्डै २ करोड रकम ठगी भएको छ।
दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी माधवप्रसाद घिमिरेलाई एक करोड ८९ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दैलेख जिल्लाको नौमुरे गाउँपालिका वडा नं. ४ निवासी ३५ वर्षीय धनबहादुर रोका, सल्यान जिल्लाको कुमाख गाउँपालिका वडा नं. ५ निवासी ३१ वर्षीय कृष्ण शाह र सल्यानको शारदा नगरपालिका वडा नं. ९ निवासी ३० वर्षीय डिल्लीबहादुर बोहरा रहेको बाँकेका जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए।
उनीहरूले एउटा सानो चम्किलो वस्तुलाई घिमिरेलाई देखाई त्यसलाई नागमणि भएको भन्ने भ्रममा पारेर ठूलो रकम ठगी गरेको एसपी रानाले बताए। setopati
आफ्नो प्रतिक्रिया दिनुहोस




