
अजित भुजेल
बिरगंज , कार्तिक २१ गते शुक्रबार ।
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजद्वारा आज शुक्रबार बिरगंज बजार अनुगमन गरेको थियो ।
अनुगमन गर्ने क्रममा मुल्य सुची नराख्ने दुई पसललाई उपभोक्ता संरक्षण एेन , २०७५ बमोजिम कार्वाही सोरुप जरिवाना गरिएको थियो ।
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजका निरीक्षक अधिकृत जित बहादुर भण्डारीको नेतुत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा , जिल्ला प्रहरी कार्यालय पर्सा , कन्जुमर आई नेपाल , बिरगंज उद्योग बाणिज्य सघ सहितको टोलिले बिरगंज बजार अनुगमन गर्दा दुई पसलले मुल्य सुची नराखी उपभोक्तालाई आफुखुशि बढी मुल्य लिई ठ्गि गरेकोले उपभोक्ता संरक्षण एेन, २०७५ बमोजिम गुलाब एन्ड सन्स बिरगंज -१० र श्रीराम ट्रेडिङ बिरगंज -१० आदर्शनगरलाई जनही रु. पचास – पचास हजार जरिवाना गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजका सूचना अधिकारी दिलिप खङ्गले प्रहार डेलीलाई जानकारी दिनु भयो।